IME Life New

मेरो सुरक्षा र प्रिमियर इन्स्योरेन्स बिच मोबाइल बीमा सम्झौता, अब मोबाइल प्रोटेक्सन प्लानको पनि बीमा हुने,

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मेरो सुरक्षाको ब्राण्ड एम्बेसडरमा राजेश हमाल नियुक्त
मेरो सुरक्षा प्रालि र प्रिमियर इन्स्योरेन्सका बिचमा मोबाइल बीमा सम्बन्धि सम्झौता भएको छ । कार्यक्रममा मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवार र प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्यायले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार मेरो सुरक्षाको मोबाइल प्रोटेक्स प्लानमा सहभागि हुने सेवाग्राहीले प्रयोग गर्ने मोबाइलको बीमा प्रिमियर इन्स्योरेन्समा हुनेछ । यस अघि मोबाइल प्रोटेक्सन प्लानका रुपमा मात्र सुरु भएको सेवा सम्झौता सँगै मोबाइल इन्स्योरेन्समा रुपान्तरण भएको हो ।

‘मेरो सुरक्षा सँगको सहकार्यले मोबाइल प्रयोगकर्ताले सहज रुपमा आफ्नो मोबाइलको बीमा गराउन सक्ने विश्वास हामीले पूर्ण विश्वास लिएका छौ । ’ प्रिमियर इन्स्योरेन्सका प्रमुखकार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्यायले भने ।

Esewa
Crest

‘कुनै कारणले मोबाइल फुटेमा, आगो वा पानीले मोबाइलमा भौतिक क्षती पुगेर मोबाइल नचल्ने भएमा, हराएमा वा चोरी भएमा मेरो सुरक्षाले पहिलेको मोबाइलको डाटा सहित नयाँ मोबाइल सेट उपलब्ध गराउँछ ।’ मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवारले भने ।

मोबाइल प्रयोगकर्ताले मेरो सुरक्षाको मोबाइल एप तथा वेबसाइट बाट सिधै मेरो सरक्षा प्रोटेक्सन प्लान खरीद गरी मोबाइलको बीमा गराउन सक्छन् । सेवा सुरु गरेको छोटो समयमा नै सेवाग्राही माझ लोकप्रिय बनेको मोबाइल प्रोटेक्सन प्लान २५ हजार बढीले खरिद गरिसकेका छन् भने मेरो सुरक्षाको मोबाइलएप ४ हजार भन्दा बढी डाउनलोड भैसकेको कम्पनीले जनाएको छ ।

सोही कार्यक्रम मा महानायक राजेश हमाल मेरो सुरक्षाको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । ब्राण्ड एम्बेसडर नियुक्त भकउथ हमालले मेरो सुरक्षा नेपालको सन्दर्भमा फरक किसिमको सेवा भएको भन्दै यसबाट आम मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइलको सुरक्षा गर्न सक्ने बताए । साथै मेरो सुरक्षा र प्रिमियर इन्स्योरेन्स लाई बधाई तथा शुभकामना व्यक्त गरे ।
राजधानीका ४ सय बढी मोबाइल आउटलेट बाट मोबाइल किन्दा मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानबाट बीमा योजनामा सहभागि हुन सकिने मेरो सुरक्षाले जनाएको छ । दशैं पछि इस्तो सेवा राजधानी बाहिर बाट पनि मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानबाट बीमा योजना सुरु हुने कम्पनीले जनाएको छ ।

मोबाइल प्रोटेक्सन प्लान लिनका लागि प्रत्येक वर्ष मोबाइलको खरिद मूल्यको ५ प्रतिशत रकम भुक्तान गर्नु पर्ने हुन्छ । यसका साथै सेवाग्राहीले मोबाइल किनेर मेरो सुरक्षा एप डाउनलोड गरी सिधै मोबाइलको बीमा गराउन सक्नेछन् । यसरी मोबाइलको बीमा गर्दा लाग्ने शुल्क खल्ती, आई पेका साथै १५ वाणिज्य बैंककाअ नलाइन बैंकिंग बाट भुक्तान गर्न सकिने छ ।

मेरो सुरक्षाले दशैं, तिहारको अवसरमा मोबाइल प्रोटेक्सन प्लानमा सहभागिहुनेहरु लाई एक लाख रुपैंयाको निशुल््क दुर्घटना बिम उपलब्ध गराउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS