IME Life New

मुद्रा निर्मलीकरणका लागी विशेष सफ्टवेयर जडान गर्दै शिखर इन्स्याेरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । निर्जीवन बीमा कम्पनी शिखर इन्स्याेरेन्सले बीमा मार्फत् हुनसक्ने स‌ंभावित मुद्रा निर्मलीकरण नियन्त्रणका लागी विशेष सफ्टवेयर प्रयाेगमा ल्याउने भएकाे छ। इन्स्याेरेन्सले ग्राहक पहिचान र परिक्षण, जाेखिम मूल्यांकन, ग्राहक जाेखिमांकनकाे साथै मुद्रा निर्मलीकरण नियन्त्रण सम्बन्धमा विद्यमान कानून तथा नियमन अनुकुल हुने विशेषता सहितकाे सफ्टवेयर आपूर्तीका लागी ईच्छुक कम्पनीसँग प्रस्ताव आह्वान गरेकाे छ।

Esewa
Crest

इन्स्याेरेन्सले बिहीबार प्रकाशन गरेकाे सूचनामा कम्तीमा पाँच वटा बै‌ंक वा बीमा कम्पनीमा मुद्रा निर्मलीकरण सम्बन्धी सफ्टवेयर आपूर्ती गरेकाे कम्पनीसँग फागुन १५ गतेसम्ममा शिलबन्दी प्रस्ताव दर्ता गर्न आह्वान गरेकाे छ ।

जीवन बीमा कम्पनीले वार्षिक एक लाख रुपैयाँ वा त्याेभन्दा बढी बीमाशुल्क वर्षमा एकै पटक वा पटक पटक भुक्तानी गरेर भुक्तानी गरेकाे अवस्थामा र निर्जीवन बीमा कम्पनीले एकै ग्राहकबाट ३ लाख रूपैयाँ वा त्याे भन्दा बढी बीमाशुल्क संकलन गरेकाे अवस्थामा सीमा काराेबारबारे वित्तीय जानकारी इकाईमा जानकारी गराउनुपर्ने प्रावधान छ।

बीमा कम्पनीहरुले २०७८ चैत्र देखि गाेएमएल सूचना प्रणालीमा बीमा काराेबार सम्बन्धी जानकारी प्रविष्टी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS