IME Life New

मौद्धिक नीतिले बजार सकारात्मक हुन्छ- शेयर लगानीकर्ता संघ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ:  नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको मौद्रिक नीतिले माग सम्बोधन नगरेको प्रति लगानीकर्ताले दुख व्यक्त गरेका छन् । ८० प्रतिशतसम्म मार्जिन ऋणको सिमा र एभरेज वेईटेज(Average Weightage ) १ सय प्रतिशतमा सिमित गराउनु पर्ने मागलाई वेवास्ता गरिएको भन्दै लगानीकर्ताले दुखेसो गरेका हुन् ।
तर, नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंकहरुको तरलतालाई समाधान गर्ने प्रयासको रुपमा सिआरआर ४% मा झार्नु गरेको व्यवस्था प्रति भने लगानीकर्ता उत्साहित छन् । त्यस्तै, भारतीय मुद्रामा समेत पूँजीको २५% ऋण ल्याउन पाउनु, शेयर कारोवार बढाउने प्रयासको रुपमा बैंकहरुलाई सहायक कम्पनी मार्फत धितोपत्र कारोवार गर्न बाटो खोलीदिनु, मार्जिन कलबाट समस्या भोगी रहेका लगानीकर्ताहरुलाई २० प्रतिशत मार्जिन घट्दा सम्म कल गर्न नपाईने व्यवस्था गरिनु, लघुवित्त संस्थाहरुको कोषको अतिरिक्त लागत बढीमा ६ प्रतिशत थप गरि कर्जाको व्याजदर कायम गर्न पाउने व्यवस्था गरिनु, विपन्न वर्गको कर्जामा बाणिज्य बैंक, विकास बंैक र वित्तिय संस्था समेतले कर्जामा ५ प्रतिशत छुट्याउनु पर्ने बाध्यात्मक व्यवस्थाले शेयर बजारमा सकारात्मक प्रभाव पार्नेमा लगानीकर्ता आशावादी रहेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS