IME Life New

माई सेकेण्ड टिचरद्धारा राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । माई सेकेण्ड टिचरले गत वैशाखमा नेपाल, नेदरल्याण्डस् र मलेसियाबीच सम्पन्न भएको त्रि देशिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीलाइ ५ लाख रुपैयाँ र सो प्रतियोगितामा डेब्यु गरेका ४ खेलाडीलाई जनही
१ लाख प्रदान गरेको छ । माई सेकेण्ड टिचरले प्रोत्साहन र सम्मानस्वरुप नेपाली क्रिकेट टोलीलाई उक्त रकम बराबरको नगद हस्तान्तरण गरेको हो ।

प्रतियोगिताको फाइनलमा घोषणा गरिएको सो पुरस्कार निषेधाज्ञाका कारण बुधबार मात्र हस्तान्तरण गरिएको हो । त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट स्टेडियम , कीर्तिपुरमा आयोजित उक्त प्रतिस्पर्धात्मक सिरिजमा मलेशिया र नेदरल्याण्डडस्लाई पराजित गर्दै नेपाल सिरिजको शीर्ष स्थान हासिल गर्न सफल भएको थियो ।

Esewa
Crest

आउँदो जुलाईमा स्पेनस्थित आयोजना हुन गइरहेको विश्वकप लिग टु मा नेपालले दोश्रो श्रृङखलामा स्कटल्याण्ड र नाम्बियाको सामना गर्ने छ । समारोहका बीचमा नेपालका सर्वोत्कृष्ट खेलाडी ज्ञानेन्द्र मल्लले नेपालको उत्कृष्ट प्रदर्शनमा खुसी व्यक्त गर्दै आउँदो दिनहरुमा पनि नेपालको प्रर्दशन विशिष्ट र सन्तोषजनक रहने दाबी गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS