IME Life New

मर्जरपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर सूचिकृत भएको छ । साविकको प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच मर्जर पश्चात कायम हुन आएको शेयर सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाममा नेप्सेमा शेयर सूचिकृत भएको हो ।

साविकको प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच एक आपसमा १ बराबर १ को अनुपामा मर्ज भएपछि कायम हुन आएको २ करोड ८० लाख ६५ हजार ४९९ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो । यस्तै नेप्सेले मर्जर प्रयोजनको लागि रोक्का रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयर कारोबार पनि फुकुवा गरेको जनाएको छ ।

Esewa
Crest

मर्जर पश्चात खुल्ने पहिलो कारोबारको लागि नेप्सेले ६३७ रुपैयाँ ६१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही रेन्जको आधारमा मंगलबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको शेयरलालाई नेप्सेले एसपीआईएल कारोबार संकेत प्रदान गरेको छ ।

1680515389132

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS