IME Life New

मर्जरको सहिमति पछि आइएमई र प्रुडेन्सिलयलका ३८ लगानीकर्ताको शेयर कारोबार रोक्का, को को परे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका आइएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका आधारभुत शेयरधनीको कारोबार रोक्का भएको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ अनुसार एक प्रतिशत भन्दा बढि शेयर स्वामित्व भएका आधारभुत शेयरधनीको शेयर कारोबार रोक्का भएको हो ।

यहि नियम अनुसार दुई कम्पनीका ३८ लगानीकर्ताको शेयर कारोबार रोक्का भएको छ । हाल आइएमई जनरलमा १५ जना र प्रुडेन्सियलमा २३ जना आधारभुत शेयरधनी रहेका छन् । दुई कम्पनीले शुक्रवार मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्स सहित आइएमई र प्रुडेन्सियललाई मर्जरको लागि दवाव दिदै आएको थियो । तर तीन वटा विच एक आपसमा मर्जरको सहमति नभए पछि शुक्रवार दुई कम्पनीले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

दुई कम्पनी विचमा बराबरी हैसियतमा मर्जर गर्ने सहमति भएको हो । मर्जर पछि कम्पनीको नाम ‘आइजिआइ’ प्रुडेन्सियल रहने जनाइएको छ । यि हुन् शेयर कारोबार रोक्का हुने शेयरधनी :-

आइएमई जनरलका आधारभुत शेयरधनी

आइएमई जनरलमा चन्द्र प्रसाद ढकालको ७.७५ प्रतिशत, हेमराज ढकाललको १०.१५ प्रतिशत, हाथवे इन्भेष्टमेन्टको ३.२२ प्रतिशत लगानी देखिन्छ । यस वर्ष चन्द्र ढकाल र हाथवे इन्भेष्टमेन्टको लगानी घटेको देखिएको छ । उषा इन्भेष्टमेन्टको ७.५० प्रतिशत, नेपाल बंगलादेश बैंकको ७.७४ प्रतिशत, कुमार पौडेलको ३.३ प्रतिशत, तिलक बहादुर रानाभाटको २.३८ प्रतिशत, अन्जन श्रेष्ठकव २.२२ प्रतिशत, निरन्जन श्रेष्ठको २.२२ प्रतिशत, निराकार श्रेष्ठ २.२२ प्रतिशत, लोकराज पौडेलको १.०८ प्रतिशत, दिपक कुँवरको १.७९ प्रतिशत, सन्चिता पाण्डे स्वारको १.२१ प्रतिशत, एस.आर. हाईड्रो एण्ड इन्भेष्टमेन्टको १.२६ प्रतिशत र प्रताव जङ्ग पाण्डेको १.१३ प्रतिशत लगानी छ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका आधारभुत शेयरधनी

श्रवण कुमार अग्रवाल ४ प्रतिशत, विरेन्द्र कुमार संघाइको ६.५० प्रतिशत, गोविन्द लाल संघाइ २.३४ प्रतिशत, मञ्जु अग्रवालको २.११ प्रतिशत, त्रिलोक चन्द्र अग्रवाल २.४५ प्रतिशत, अशोक कुमार अग्रवाल १.५९ प्रतिशत रामचन्द्र संघाइको २ प्रतिशत सुवास चन्द्र संघाइको २ प्रतिशत, संस्कृत/ समित कुमार अग्रवालको ३.१६ प्रतिशत, रामावतार शशिकान्त अग्रवालको ३.१६ प्रतिशत, राजेन्द्र अग्रवाल १.७० प्रतिशत, विशाल अग्रवालको ३ प्रतिशत, मधु अग्रवालको १.१३ प्रतिशत, जगदिश प्रसाद अग्रवालको २ प्रतिशत, तुलसी राम अग्रवाल २.४७ प्रतिशत, पुजा इन्टरनेशनल नेपालको २.७५ प्रतिशत, अर्पित अग्रवाल १.४९ प्रतिशत, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले भने यस वर्षको वित्तीय विवरणमा शेयर नरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS