IME Life New

सानिमा जनरलले आब्हान गर्यो विशेष साधारण सभा, मर्जरमा जाने प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले असार १५ गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको जेठ २९ गतेको सञ्चालक समितिको बैठकले उक्त विशेष साधारण सभाको मिति तय गरेको हो । सभा धुम्र बराह पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, धुम्वाराही, काठमाडौंमा बिहान १० बजे हुने जनाएको छ ।

बीमा कम्पनीहरुले समितिले तोकिएको चुक्ता पूँजी पुर्याउनका लागि पूँजी वृद्धिका लागि धमाधम कम्पनीहरुले मर्जर सम्झौता गर्ने लहर चल्दै आएको छ । यसैबीच सानिमा जनरल इन्स्योरेन्सले पनि मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्ताव पारितका लागि विशेष साधारण सभा आब्हान गरेको हो ।

Esewa
Crest

सभाले भविष्यमा कुनै कम्पनीसँग गाभ्ने गाभिते तथा मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने, चल, अचल सम्पति, दायित्व मुल्याङकन गर्नका लागि मान्यता प्राप्त मुल्याङकनकर्ताको नियुक्ति गर्ने, निजको पारीश्रमिक तोक्ने लगायतका मर्जर सम्बन्ध प्रस्ताव पारित गर्नेछ । सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत प्रस्तावबाट अनुमोदन गर्नेछ।

सभा प्रयोजनका लागि कम्पनीले असार ८ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार ७ गतेसम्म कायम शेयरधनीहरू मात्र विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS