IME Life New

मर्जरको प्रस्ताव सहित प्रभु इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा, सञ्चालकलाई अख्तियारी दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले असार २८ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको असार १२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त विशेष साधारण सभाको मिति तय गरेको हो । सभा कम्पनीको केन्द्रिय कार्यालय , प्रभु कम्प्लेक्स, तिनकुने काठमाडौंमा दिउँसो ११ बजे गर्ने कम्पनीले जनाएको छ ।

सभामा यस कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्णय गर्न तत् सम्बन्धी साझेदारी पत्रमा हस्ताक्षर गर्ने, चलअचलन सम्पत्ति र दायित्व मुल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका मर्जर प्राप्ती सम्बन्धी अन्य आवश्यक सम्पुर्ण प्रक्रिया पुरा गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित हुनेछन् ।

Esewa
Crest

सभा प्रयोजनको लागि कम्पनीले असार २० गते बुक क्लोज गर्ने भएको छ ।त्यसकारण असार १९ गते सम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS