IME Life New

मर्जरको प्रस्ताव पारित गर्न दुई निर्जीवन बीमा कम्पनीले आब्हान गरे विशेष साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले चैत २२ गते बुधबार विशेष साधारण सभा आयोजना गर्दैछन् । आइएमई जनरल इन्स्योरेन्सले लैनचौर ब्याक्वेटमा र प्रुडेन्सियल इन्स्योरेन्सले सिमराको होटेल इच्छामा साधारण सभा गर्न लागेका हुन् । कम्पनीको चैत ६ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

दुवै कम्पनीको विशेष साधारण सभामा एक आपसमा मर्जरमा जाने, मर्जर सम्बन्धि संचालक समितिको प्रतिवेदन पारित गर्ने, मर्जरपछिको कम्पनीको नाम तय गर्ने, स्वाप रेसियो तय गर्ने, संचालकहरु अनुमोदन गर्ने, कम्पनीको अधिकृत पुँजी , जारी पुँजी , चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, बीमा प्राधिकरण तथा नियामक निकायबाट प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन तथा थप गर्न निर्देशन आएमा सोही बमोजिम संशोधन गर्ने र मर्जरका सम्पूर्ण बाँकि काम गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित हुनेछ ।

दुई कम्पनीले गत आइतबार अन्तिम मर्जर सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौता अनुसार दुवै कम्पनीबीच स्वाप अनुपात समान हुनेछ अर्थात एक बराबर एकको स्वाप अनुपात हुनेछ। उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमती भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS