IME Life New

मधेश प्रदेश अन्तर्गत ९ शाखाका कर्मचारीलाई लुम्बिनी जनरलले दियो अण्डर राइटिङ्ग तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं।‌ लुम्बिनी जनरल इन्स्योरेन्सले मधेश प्रदेशका शाखा कार्यालय अन्तर्गत कार्यरत कर्मचारीहरुको लागि बीमा जोखिमाङ्कन (अण्डर राइटिङ्ग) सम्बन्धि तालिम दिएको छ । तालिममा मधेश प्रदेश, हेटौंडा र चितवनको टाँडी सहित ९ वटा शाखा कार्यालयबाट कर्मचारी सहभागी रहेका थिए।

तालिम कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमल्सिनाले सहभागीहरुलाई जुनसुकै बीमा प्रस्ताव स्वीकार्नु अघि ध्यान दिनुपर्ने पक्षहरुबारे जानकारी दिएका थिए ।

Esewa
Crest

त्यस्तै, तिमल्सिनाले जोखिमाङ्कन संवेदनशील विषय भएकोले जोखिम बहन गर्न लागिएको सम्पत्ति वा विषयवस्तुको मूल्य, संवेदनशीलता, भौगोलिक अवस्थिति, पर्यावरणीय परिवर्तनबाट आइपर्न सक्ने विपत्तिलगायतको विषयमा चनाखो भएर प्रस्तावको मूल्याङ्कन गर्न सुझाव दिए ।

सहभागीहरुलाई इन्स्योरेन्सको मधेश प्रदेश प्रमुख निशान्त लामिछानेले बीमा प्रस्तावका समयमा ध्यान नपुर्याउँदा दाबी भुक्तानीको समयमा आइपर्ने समस्याबारे अवगत गराए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS