IME Life New

मञ्जुश्री फाइनान्सको ऋणपत्र आजदेखि बिक्री खुला, ८ वर्षका लागि ९.५ प्रतिशत व्याजदर सुचिश्चित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। मञ्जुश्री फाइनान्सले आजदेखि सर्वसाधारणका लागि ऋण जारी गरेको छ। फाइनान्सले प्रति कित्ता एक हजार रुपैयाँको दरमा तीन लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो। संस्थाले पहिलो चरणमा माघ २१ गतेसम्म बिक्री खुला गर्ने छ। यदि पहिलो चरणमा बिक्री नभए ढिलोमा फागुन २ गतेसम्म बिक्री खुला गर्न सक्ने छ।

लगानीकर्ताले ८ वर्ष अवधिका लागि ९.५ प्रतिशत व्याजदरमा लगानी गर्ने सक्ने छन्। सर्वसाधारण लगानीकर्ताले न्युनतम २५ कित्तादेखि अधिकतम आह्वान गरिए बराबरकै लागि आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ। संस्थाले जम्मा ५० करोड रुपैयाँको ऋणपत्र मध्ये ३० करोड रुपैयाँ व्यक्तिगत तबरबाटै बिक्री गर्ने छ। बाँकी रहेको २० करोड रुपैयाँको ५ प्रतिशत म्युचुअल फण्डलाई बिक्री गर्नेछ।

Esewa
Crest

बजारमा प्रयाप्त तरलता भएकाले संस्थाले जारी गरेको ऋणपत्रमा माग भन्दा बढि आवदेन पर्न सक्ने देखिन्छ। अहिले बैंकहरुले मुद्दती निक्षेपका लागि दिइरहेको व्याजदर भन्दा संस्थालको ऋणपत्रको व्याजदर आकर्षक भएकाले पनि लगानीकर्ताको आकर्षण देखिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS