IME Life New

मजदुर दिवसमा गार्डियन माइक्रो लाइफको लघु बीमा सचेतना कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मजदुर दिवसका अवसरमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले बुधबार जुम्ला सदरमुकाम चन्दननाथ नगरपालिकामा लघु जीवन बीमा सचेतना तथा अन्तर्क्रिया सम्पन्न गरेको छ ।

चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि एवं सर्वसाधारणको उपस्थिति थियो । कार्यक्रममा न्यून आय भएका वर्ग, दूरदराजका सर्वसाधरणलाई बीमाको दायरामा ल्याउन स्थानीय निकाय तथा विभिन्न संघसंस्थासँग समन्वय गरी कार्य गर्ने र लघुबीमाका माध्यमबाट आर्थिक समुन्नतिमा टेवा पुग्नेबारे प्रमुख कार्यकारी अधिकृत भण्डारीले जानकारी दिए।

Esewa
Crest

कार्यक्रममा मेयर कठायतले बीमा अनिवार्य हुनुपर्ने र सम्पूर्णमा पहुँच हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा कम्पनीका मुख्य प्रबन्धक कैलाश देवकोटा तथा प्रदेश प्रमुख विमल खड्काको पनि उपस्थिति थियो भने कार्यक्रमको सञ्चालन कम्पनीका जुम्ला शाखाका प्रमुख रोशन श्रेष्ठले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS