IME Life New

भृकुटीमण्डपमा फागुन २ देखि क्यान इन्फोटेक, अफिसियल प्रायोजनमा प्रभु इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०२० आगामी फागुन २ देखि आयोजना गर्ने भएको छ । उक्त क्यान इन्फोटेक फागुन २ देखि शुरु भई ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने हुने महासंघले जनाएको छ ।

नेपालको सूचना र प्रविधिबारे प्रदर्शनी तथा सम्मेलनको यो २६ औं संस्करण हो । ६ दिन सम्म चल्नेछ ।

Esewa
Crest

सन् २०२० मा क्यान इन्फोटेक उपत्यका बाहिर पनि ८ स्थानमा आयोजना गरिने जनाएको छ । प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को विरगञ्ज, प्रदेश नं.३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल र नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रदेश स्तरीय तथा प्रदेश ५ को नेपालगञ्जमा जिल्लास्तरीय प्रदर्शनीको आयोजना गर्न लागेको हो ।

२६ औं क्यान इन्फोटेक तथा प्रदेश र जिल्ला स्तरीय इन्फोटेकको शीर्ष प्रायोजनमा प्रभु पे, अफिसियल इन्स्योरेन्स प्रभु इन्स्योरेन्स तथा टिकट पार्टनरमा प्रभु पे, तथा इ पे ले प्रायोजन गर्ने भएका छन् ।

सिल्भर प्रायोजन लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले गरेको छ, भने यशोसिएट, प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भरका साथै अन्य अफिसीयल प्रायोजन पनि खुल्ला गरीएको छ । नेपालमा सूचना तथा सञ्चार प्रविधिबारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यक्ता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० को आयोजना गरीन लागेको बताइएको छ ।

अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, सोलार पावर सिष्टम, इभर्टर, यसपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज जस्ता उत्पादनहरु प्रदर्शनीमा राखिने जनाएको छ।

त्यस्तै, आर्टि्फिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धि सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर,सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि समेत प्रदर्शनीमा रहनेछन् ।

उक्त इन्फोटेक आयोजनाले व्यवसायी तथा ग्राहकको लागि अन्तरक्रियाको एक प्लाटफर्म सिर्जना गर्ने छ । ग्राहकसँगको छलफलबाट व्यवसायीले आफ्ना वस्तु तथा सेवाको आपूर्तिमा सुधार ल्याउन सक्नेछन् । स्वदेशी तथा विदेशी कम्पनी तथा व्यवसायीहरु बीच नेटवर्क सिर्जना गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS