IME Life New

भारतमा विश्वकै सबैभन्दा बढि दैनिक कोरोना संक्रमित, अमेरिका र ब्राजिललाई उछिन्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा विश्वकै सबैभन्दा बढि डरलाग्दो रुपमा कोरोना संक्रमण फैलिरहेको तथ्याङ्कहरुले देखाएको छ । हालसम्म कूल संक्रमितको संख्या ५० लाख नाघिसकेको अमेरिकाको भन्दा तीव्र गतिमा भारतमा कोरोनाको संक्रमण फैलिइरहेको छ ।

पछिल्लो साता भारत विश्वका सबै देशलाई उछिन्दै दैनिक कोरोना संक्रमितको सूचिमा सबैभन्दा अगाडि छ । भारतमा दैनिक संक्रमण भेटिनेको संख्या ६० हजार माथि पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार १७० जना नयाँ मानिसमा कोरोनाको संक्रमण पाइएको छ । त्यस्तै दैनिक मृत्यु हुनेको संख्या आठ सय भन्दा माथि छ । पछिल्लो २४ घण्टामा ८९९ जनाको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ । तथ्याङ्क अनुसार भारतमा हालसम्म २० लाख २७ हजार भन्दा बढि कोरोनाबाट संक्रमित भइसकेका छन् । त्यस्तै निको हुनेको संख्या पनि भारतमा उच्च छ । हालसम्म १३ लाख ७८ हजार १०५ जना भारतीयहरु कोरोनालाई जितेर दैनिक काममा फर्किसकेका छन् । यद्यपि ४१ हजार ६३८ जनाले कोरोना संक्रमण भएर मृत्युवरण गरेका छन् ।

Esewa
Crest

कोरोना संक्रमण दैनिक फैलने क्रमको विश्लेषण गर्दा दोस्रोमा अमेरिका छ । अमेरिकामा दैनिक ६० हजार भन्दा केही तल संक्रमण छ । तथ्याङ्क अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा ५८६११ जना नयाँ मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । अमेरिकामा कूल संक्रमितको संख्या ५० लाख नाघिसकेको छ भने मृत्यु हुनेको संख्या एक लाख ६२ हजार छ । त्यस्तै २५ लाख ७६ हजार अमेरिकीहरुले कोरोना भाइरसविरुद्धको लडाई जितेका छन् भने अझै २२ लाख मानिसमा कोरोना भाइरस मुक्त हुन बाँकी छ ।

उता, दक्षिण अमेरिकी मुलुक ब्राजिलमा पनि भयावह हुने क्रम जारी छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा ५४ हजार ८०१ जना नयाँ मानिसमा कोरोना भाइरस पुष्टि भएको छ भने एक हजार २२६ जनाले मृत्युवरण गरेका छन् । ब्राजिलमा कूल २९ लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने हालसम्म ९८ हजार ६४४ जनाको मृत्यु भइसकेका छ ।

नेपालको छिमेकी मुलुक भारतमा दन्किदै गएको कोरोनाको संक्रमणको कारण नेपाललाई समेत जोखिममा पार्दै आएको छ । नेपालमा भेटिएका र मृत्यु भएका अधिकांश कोरोना संक्रमितहरु भारतबाटै आएकाहरु छन् । भारतमा समयमा कोरोना भाइरस नियन्त्रणमा लिन नसक्दा कामको लागि भारतका विभिन्न ठाउँमा पुगेका नेपालीहरु घर फर्कदा सँगै कोरोना लिएर फर्केका कारण अहिले नेपालको गाउँ गाउँमा कोरोनाको संक्रमण फैलिन पुगेको विश्लेषण गरिएको छ । भारत विश्वकै लागि कोरोनाको हटस्पट बन्दै गर्दा नेपालमा त्यसले ठूलो असर पार्न सक्ने भन्दै सर्वसाधारणहरु त्रसित बनेका छन् ।

पछिल्लो तथ्याङ्क अनुसार विश्वभर कोरोनाबाट संक्रमितको संख्या दुई करोड पुग्न लागेको छ भने मृत्यु हुनेको संख्या ७ लाख भन्दा माथि छ । चीनको वुहानबाट गत वर्ष सुरु भएको कोरोना हाल विश्वका २१३ वटा देशमा फैलिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS