IME Life New

भरतपुरमा लघुबीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चितवन । भरतपुरमा लघुबीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमक संघको सहयोग र शिखर इन्स्योरेन्सको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा भरतपुर महानरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष बावुराम अधिकारीले अति विपन्न र सिमान्तकृत समुदायको बीमा गर्न वडा अगाडी बढ्ने बताए । साथै, न्यून आए भएका मानिसहरुलाई बीमा आवश्यक रहेको भन्दै अधिकारीले ग्रामीण तहमा बीमाका कार्यक्रम लैजान अनुरोध समेत गरे ।

Esewa
Crest

शिखर इन्स्योरेन्सका जनरल म्यानेजर पुष्कर महतले बिहान बेलुका हात मुख जोड्न गाह्रो रहेकाहरुलाई लघु बीमा आवश्यक रहेको तथा आर्थिक अवस्था कमजोर भएकाहरुको सारथी भएको भन्दै अब लघु बीमा कम्पनीहरु ग्रामीण क्षेत्रमा समेत जानुपर्ने बताए ।

कार्यक्रममा निप्स चितवनका अध्यक्ष भरत मल्लले लघुबीमाको प्रवर्धनका लागि बीमा कम्पनीहरु तथा स्थानिय निकायको भूमिका महत्वपूर्ण हुने धारण व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS