IME Life New

भदौ १८ गते ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स हुँदै, यस्ता छन् बीमा सम्बन्धी छलफलका विषय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बृहत राष्ट्रिय बीमा संवाद कार्यक्रम ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’ आयोजना हुने भएको छ । उक्त कार्यक्रम भदौ १८ गते सोमबार काठमाडौंस्थीत सोल्टी होटलमा हुने भएको हो । बैंकिङ्ग समाचार डटकम र बीमा प्राधिकरणको सहकार्यमा उक्त कार्यक्रम आयोजना हुने जनाइएको छ । कार्यक्रमको ‘डुओलग’ सत्रमा अर्थमन्त्री प्रकाशशरण महत आउने भएका छन ।

उक्त कार्यक्रममा बैंकिङ्ग समाचारका प्रकाशक राजु ढुंगेल र अर्थमन्त्रीबीच विशेष प्रश्नोत्तर हुने भएको हो । कार्यक्रमको उक्त विशेष सत्रमा बीमा क्षेत्रको वर्तमान अवस्था, बीमा व्यवसायप्रति अर्थ मन्त्रालयको उत्सुक्ता, जनमासमा बीमा प्रतिको बुझाई, अर्थतन्त्रमा बीमा क्षेत्रको महत्वपूर्ण पाटो, स्थिती र चुनौती लगायतका विषयहरुमा बृहत परिसंवाद गरिने भएको हो । उक्त सत्रमा अर्थमन्त्रीलाई आजको बीमा क्षेत्रका यथार्थ र मिथकहरु, बीमा शिक्षा, विदेशी बीमा कम्पनीहरुमा निर्भरता कहालिलाग्दो अवस्था जस्ता विषयहरुमा गहन बिमर्स हुने भएको छ ।

Esewa
Crest

द नेशनल इन्स्योरेन्स डिस्कोर्स’मा मुख्य ४ सत्रमा हुँदैछ बृहत बहस
विशेषगरी ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’मा मुख्य ४ सत्रहरुमा छलफल हुनेछ । यसमा अर्थमन्त्रीसँग डुओलग बिशेष सत्र पनि हुने बताइएको छ । डुओलग बिशेष सत्रमा बैंकिङ्ग समाचारका प्रकाशक राजु ढुंगेलले गर्नेछन ।

यस्ता छन मुख्य ४ शिर्षकहरु रु
१० बीमा समावेशीतामा संघीय सरकार र स्थानीय निकायबीचको सहकार्य
२० निर्जीवन बीमा क्षेत्रका चुनौती र नेपाली सन्दर्भमा यसका आयामहरू
३० नेपालमा जीवन बीमा कम्पनीहरूको प्रभाव,
४० नेपालमा बीमा कम्पनीहरुको सचेतना र डिजिटलाइजेशन
‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’ माथिका यीनै विषय वस्तुमा मुलभुत छलफल हुने बताइएको छ ।

‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’ किन ?
बीमा व्यवसाय शुरुवात भएको ५ दशकभन्दा लामो समय भइसकेको अवस्थामा पनि बीमा फाईदा नभई सुरक्षा हो भन्ने मुल शिक्षा जनमानसले बुझिरहेका छैनन्। कोभिड–१९ को संक्रमण, विगतमा आएको विनासकारी भूकम्पले बीमा नहुँदा सरकारकै ठुलो धनको क्षती हुन पुग्यो । फलस्वरूप आर्थिक मन्दीका कारण हाम्रो अर्थतन्त्रमा पनि प्रभावित भएको छ । यसै परिपेक्षलाई ध्यानकेन्द्रित गर्दै बैंकिङ्ग समाचारको अथक पहलबाट ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्र्स ’ को आयोजना गर्न लागेको हो ।

को–को हुँदैछन सहभागी ?
कार्यक्रममा अर्थमन्त्री डा।प्रकाशशरण महत, बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद शिलवाल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल लगायत अन्य बिशिष्ट व्यक्तीहरु र संचारकर्मीहरुको बाक्लो उपस्थित हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS