IME Life New

बैतडीमा पुन डोजरले मान्छे किच्यो, एकको मृत्यु, बीमा दावी पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बैतडी । बैतडीमा फेरि डोजरले मान्छे किचेको छ । दुई दिनअघि मात्रै डोजरले आक्रमण गरेर आठ जना मानिसलाई घाइते बनाएको घटना सेलाउन नपाउँदै बिहिवार पुनः डोजरले मान्छे किचेको हो । डोजरमा बसेर यात्रा गरिरहेका मेलौली नगरपालिका ५ पेलेका ५५ वर्षिय शुक्र सिंह पुजाराको मृत्य भएको प्रहरीले जनाएको छ । मेलौलीको लामालेक–ढणौन सडकखण्डको पेलेमा डोजरमा सवार रहेका पुजारा डोजरबाट खसेका थिए । तत्कालै डोजेरले किचेको उनको घटनास्थलमै मृत्यु भएको थियो ।

चालक दशरथचन्द नगरपालिका २ देहीमाडौंका ३० वर्षिय शेरसिंह बोहरा फरार छन् । फरार चालकको खोजी भइहरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनामा बीमा दावी पर्ने देखिएको छ । डोजरका मालिकले तेस्रो पक्ष बीमा गरेको अवस्थामा सम्बन्धीत बीमा कम्पनीले न्यूनतम पाँच लाख रुपैयाँ बीमा भुक्तानी गर्नुपर्ने देखिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS