IME Life New

बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन सोमवारसम्म भएपनि उक्त दिन सार्वजनिक विदा परेका कारण आज मंगलवार बैंकिङ समयपश्चात विक्री बन्द गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले श्रावण ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि शेयर बिक्री खुला गरेको थियो ।कम्पनीले नुवाकोट जिल्लाभरिका बासिन्दाका लागि प्रतिशेयर १०० अंकित मूल्यका कुल ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । हालसम्म निष्काशित शेयरको १८० प्रतिशत बराबरको शेयर विक्रि भइसकेको छ ।

Esewa
Crest

आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । यस्तै छिटोमा भदौ १४ गते सम्ममा र ढिलोमा भदौ २९ गतेसम्ममा आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको आईपोओमा ज्योति विकास बैंक लिमिटेडको बट्टार, छहरे, देउराली, रानीपौवा, महादेभफाँट, सामरी, समुन्द्रटार, त्रिशुली नुवाकोट, गल्छी धादिङ्ग शाखा, प्रभु बैंक लिमिटेडको बट्टार, महादेभफाँट नुवाकोट शाखा तथा सिभिल र्बैक लिमिटेडको ककनी एक्सटेन्सन काउन्टर, टोखा, चावहिल, गोङ्गबु, स्वयम्भू, कपन तथा मुख्य शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS