IME Life New

बीमितलाई बाँकी दाबी भुक्तानी लिन आउन यूनाइटेड अजोड इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि तथा पशुपन्क्षी बीमामा बाँकी रहेको दाबी भुक्तानी लिन आउन आग्रह गरेको छ । कम्पनीले यस कम्पनीमा दाबी परेका बीमित वा बीमितका प्रतिनिधीलाई दाबी भुक्तानीका लागि आवश्यक कागजपत्र उपलब्ध गराउन आग्रह गरेको हो । गत असार ३१ गतेसम्म परेका दाबी निवेदनमा अपुग कागजात पेश गरी भुक्तानी लिन बीमितलाई आग्रह गरेको हो ।

२०८१ असार ३१ गतेसम्म परेका दाबीहरुको बीमा दाबीको निवेदन कम्पनीमा पेश गरेको तर, पेश गरिएको कागजात अपुग रहेको हुनाले बीमित तथा बीमितिका प्रतिनिधिलाई सम्पर्कमा आई दाबी भुक्तानी प्रक्रिया अघि बढाउन कम्पनीले आग्रह गरेको हो ।

Esewa
Crest

कम्पनीले सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र बीमितलाई आवश्यक कागजात सहित कम्पनीको प्रधान, प्रादेशिक तथा शाखा कार्यालय तथा कम्पनीबाट खटाइएका सम्बन्धित क्षति मूल्याङ्कतकर्तालाई सम्पर्क गरी दाबी भुक्तानी लिन आग्रह गरेको हो । कम्पनीले तोकिएको यस म्यादभित्र पनि बीमितले दाबी भुक्तानीका लागि सम्पर्क नगरे सम्बन्धित बीमितको फाइल बन्द गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS