IME Life New

बीमा सर्भेयरलाई सूची दर्ता गर्न नेपाल इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा सर्भेयरलाई सूची दर्ता गर्न आग्रहगरेको छ । कम्पनमिा विभिन्न समयमा परेका दाबीहरूको क्षति सर्वेक्षण तथा जोखिम मूल्याङ्कन गर्न कम्पनीले सर्भेयरलाई सूची दर्ता गर्न आग्रह गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट सर्भेयर इजाजत पत्र प्राप्त गरी इजाजत बहाल रहेका ईच्छुक संस्था वा व्यक्तिले सूची दर्ताका लागि निवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसका लागि आवश्यक कागजात सहित १५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा वा इमेल ठेगानामार्फत सूची दर्ता गराउन कम्पनीले आग्रह गरेको हो ।

Esewa
Crest

ईच्छुक सर्भेयरले नेपाल बीमा प्राधिकरणबाट प्राप्त गरेको सर्भेयर इजाजत प्रमाणपत्रको प्रतिलिपि, फर्म वा कम्पनीको दर्ता प्रमाणपत्रको प्रतिलिपि (संस्थाको लागि मात्र), प्यान नम्बर तथा मूल्य अभिबृद्धि कर प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत तथा फर्म वा कम्पनीको अद्यावधिक विवरणका साथै नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने कम्पनीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS