IME Life New

बीमा समितिले दिएको पुँजी कायम गर्न, युनाईटेड इन्स्योरेन्सले २४० प्रतिशत हकप्रद जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

युनाईटेड इन्स्योरेन्सले बीमा समितिले तोकेको पूँजी कायम गर्न भारी मात्रमा हकप्रद जारी गर्ने भएको छ। कम्पनीको माघ २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार दश बराबर २४ कित्ता (२४०प्रतिशत) हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणबाट पूँजी वृद्धि गर्न समयको अभाव भएको र बीमा समितिले तोकेको समयसीमाभित्र पूँजी वृद्धि गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै हकप्रद जारी गर्नुपरेको जनाएको छ ।
हाल कम्पनीको ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको प्रस्तावित २४० प्रतिशत हकप्रद (७२ करोड ५७ लाख ६० हजार रुपैयाँ) पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

Esewa
Crest

सञ्चालक समितिले प्रस्ताव गरेको हकप्रद जारी गरि पूँजीवृद्धि योजना बीमा समितिबाट स्वीकृत भई इन्स्योरेन्सको विशेष साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र कार्यान्वयन आउने कम्पनी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS