IME Life New

बीमा समितिमा अध्यक्ष नियुक्त भए सँगै बीमा कम्पनीको शेयरमा उछाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल सरकारले बीमा समितिको अध्यक्षमा सूर्य प्रसाद शिलवाललाई नियुक्त गरे सँगै मंगलबार बीमा कम्पनीको शेयरमा उछाल आएको छ। अध्यक्ष नियुक्त भए सँगै बीमा कम्पनीहरुले पुँजी बृद्धिका लागि हकप्रदको प्रस्ताव गर्ने भन्दै दोस्रो बजारमा उछाल आएको हो।

बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणमा राम्रो नाफा गर्ने भन्दै अधिकाम्स बीमा कम्पनीको शेयर मूल्य बढिरहेको छ। दोस्रो बजारबाट अधिकाम्स बीमा कम्पनीहरुले राम्रो आम्दानी गरेकाले पनि बीमा कम्पनीको मुनाफामा सुधार भएको हो। बीमा कम्पनीले शेयर बजार लगायत अन्य विविध क्षेत्रमा लगानी गरिरहेका हुन्छन्। कानुनी रुपमै शेयर बजारमा बीमा कम्पनीहरुले लगानी गर्न पाउछन्।

Esewa
Crest

बीमा कम्पनीहरुको व्यवसायको बृद्धिदर पनि उच्च छ। बजारमा नयाँ कम्पनी आए सँगै बीमा कम्पनीहरु आक्रमक रुपमा व्यवसाय बृद्धि गरिरहेका छन्। यसले गर्दा पनि लगानीकर्ताको ध्यान बीमा कम्पनीमा परिरहेको छ।

मंगलबार जीवन बीमाको सूचक ३.३५ प्रतिशतले सुधार भएको छ भने निर्जीवन बीमाको सूचक ५.०४ प्रतिशतले सुधार भएको छ। सबैभन्दा धेरै मूल्य बढ्नेमा धेरै जसो बीमा कम्पनी छन्। मंगलबार प्रभु लाइफ र युनाइटेड इन्स्योरेन्सको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ।

मंगलबार नेप्से सूचक ६५.४९ अंकले सुधार भएको छ। नेप्से सूचक २.७२ प्रतिशतले सुधार भएर २४७३.७४ अंकमा रोकिएको छ। कारोबार रकम ८ अर्ब ७६ करोड रुपैयाँ नाघेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS