IME Life New

बीमा क्षेत्र उदाहरणीय बन्दै,नवविवाहित जोडीले लिए बीमा पोलिसी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय बीमा पोलिसिलाई विभिन्न उत्सवहरुमा उपहार दिने प्रचलन बढ्दै आएको छ । प्रायः बिवाहमा घर र माईतीपक्षमा गर गहना र लुगाफाटा साटफेर हुने प्रचलनलाई पछि धकेल्दै बीमा पोलिसी उपहार दिने प्रचलन बढदै आएको पाईन्छ । कँही जन्मदिनमा त , कँही बिवाहमा यसै क्रममा बैंशाख १७ गते ककनी गाउँपालिका ७ का बेहुला श्याम कुमार भट्ट र बलेफी ७ सिन्धुपाल्चोककी बेहुली सानू पराजुलीले एकअर्कामा बीमा पोलिसी साटासाट गरेका हुन् ।

नेशनल लाईफ इन्स्योरेन्सका अभिकर्ता नवीन लामिछानेले दुबैजानाको ५/५लाखको जीवन बीमा गराइदिएका हुन् । टीकाटालोमा जम्मा हुने पैसा त्यतिकै मासिएर जाने हुनाले बैवाहिक बन्धनकै दिन बचत सुरु गरेर बीमा गरेकोमा लामिछानेले धन्यबाद दिए । नयाँ दम्पतिले भोलिका सन्ततीका लागि लालनपालन शिक्षादीक्षाका लागि पनि पनि यस बीमाले सहयोग गर्ने अभिकर्ता लामिछानेले बताए ।

Esewa
Crest

सोही बिवाहमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी कलंकी शाखाका प्रमुख आर सी घिमिरेले पछिल्लो समयमा बिवाहका दिन बीमा पोलिसी उपहार दिने चलन बढेकोको खुशी ब्यक्त गर्दै आफुलाई बढो सन्तोष महसुस भएको बताए । बीमाप्रति जनमानसमा जागरण आएकोमा आफू खुशी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS