IME Life New

बारबर्दिया नगरपालिकामा एनएलजी इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाको जयनगरमा कृषी तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम आज सम्पन्न गरेको हो ।

बारबर्दिया नगरपालिकाकी उपप्रमुख रत्ना कुमारी पाण्डेको प्रमुख आतिथ्य र एनएलजी इन्स्योरेन्स कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम मा वडा नं ४ का वडा अध्यक्ष सिताराम योगी , कृषी शाखा प्रमुख झलक राज खड्का,पशु शाखा प्रमुख दिपक राज थापा , महिला बाल बालिका बिकास शाखा की प्रमुख उषा पुनको उपस्थिती रहेको थियो ।

Esewa
Crest

कार्यक्रममा प्रमुख अतिथी उप प्रमुख रत्ना कुमारी पाण्डेले बीमा सम्बन्धी यस्तो जनचेतनामुलक कार्यक्रमले स्थानिय कृषकहरुले बीमाको बारेमा राम्रोसंग बुझ्ने अवसर पाउने भएकोले कार्यक्रमको निरन्तरताको साथै दाबी प्रकृयालाई सहज र झंझट रहित बनाउन सुझाव दिइन् । साथै, उनले पालिकाको तर्फबाट यथासम्भव सहयोग र सहकार्य गर्न तयार रहेको समेत बताइन् ।

कार्यक्रममा दिपक राज थाप र झलक राज खड्काले पनि कृषी बीमा कार्यक्रम आवश्यक रहेकोले सबैलाई कृषी बीमा गरेर लाभ उठाउनका लागी अनुरोध गरे । त्यस्तै, वडा नं.४ का वडा अध्यक्ष सिताराम योगिले पहिलो पटक बारबर्दिया नगरपालिकामा कृषी बीमा बारे सचेतना मुलक कार्यक्रम संचालन गरेकोमा एनएलजी इन्स्योरेन्स कम्पनीलाई धन्यबाद व्यक्त गर्नुका साथै, सम्पुर्ण किसानहरुलाई कृषी बीमा बाट लाभ उठाउन अनुरोध गरे ।

उक्त कार्यक्रममा एनएलजी इन्स्योरेन्स कम्पनीको बर्दिया शाखाकी शाखा प्रमुख अनु हमालले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको संचालन कम्पनीको बजार प्रतिनिधी कल्पना थापाले गरेकी थिइन् ।

कार्यक्रममा कृषी बीमाको महत्व र बीमाका प्रावधानहरुका बारेमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडकाका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले जानकारी गराएका थिए । उक्त कार्यक्रममा ७५ जना कृषकहरु तथा जनप्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS