IME Life New

बाढीका कारण उद्योगमा क्षति, शिखर इन्स्योरेन्सद्धारा दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। रुपन्देहीमा रहेर विभिन्न उद्योग संचालन गर्दै आएको औधोगीक समुह आवास ग्रुपले संचालन गरेको स्टील उद्योगमा बाढीले क्षती पुर्‍याए पछि उद्योगले बीमा दावी बापत भुक्तानी पाएको छ । औधोगीक समुह आवास ग्रुपको मयुर स्टील उद्योगले बीमा दावी बापतको दुइ करोड भन्दा बढी रकम दावी भुक्तानी पाएको हो । गत बर्ष आएको बाढीले मयुर स्टील उद्योग प्रा.लीमा क्षती पुर्‍याएको थियो ।

उद्योगले बीमा गरेको बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले उद्योगमा भएको क्षतीको बापत उद्योगले दावी गरे अनुसार दावी बापतको रकमको चेक आवास ग्रुपलाई उपलब्ध गराएको हो । कम्पनिका तर्फबाट शिखर इन्स्यारेन्सका महाप्रबन्धक पुष्कर महतले आवास ग्रूपका प्रबन्ध निर्देशक महेश थैबलाई उद्योगकको कार्यालयमा पुगी २ करोड ३८ लाख ६७ हजार रकमको चेक हस्तान्तरण गरेका हुन ।

Esewa
Crest

चेक हस्तान्तरण गर्दै शिखर इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक महतले ठुला क्षतीहरुमा प्रकृयागत कार्य सम्पन्न गर्न समय लागे पनि बीमा भएको सम्पतीको नियमानुसार क्षती बापतको रकम भुक्तानी पाइने बताए ।

आवास ग्रुपको तर्फबाट चेक ग्रहण गर्दै उद्योगका संचालक तथा प्रबन्ध निर्देशक महेश थैवले सहज रुपमा दावी भुक्तानी दिएकोमा शिखर इन्स्योरेन्सलाई धन्यवाद ज्ञापन गरे ।

सम्पती बीमा लेख योजना अन्र्तगत कम्पनीले बीमा गरेको कम्पनीमा बाढीका कारण क्षती भएपछि कम्पनीले दावी बापतको रकम हस्तान्तरण गरेको शिखर इन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख किरण काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS