IME Life New

बजार पुनः सुधारकै लयमा, ३७ अंकले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। आइबार हल्लै हल्लामा ५४ अंकले घटेको शेयर बजार सोमबार पुनः सुधारकै लयमा देखिएको छ। सोमबार नेप्से सूचक ३७ दशमलब ७० अंकले सुधार भएर २४०८.२४ अंकमा रोकिएको छ। हल्लाले बजार घटेको भन्दै लगानीकर्ताले धितोपत्र बोर्डलाई स्पष्टिकरण दिन अनुरोध गरेका थिए। लगानीकर्ताको अनुरोध पछि बोर्डले हल्लाका पछाडि नलाग्न लगानीकर्तालाई आग्रह गरेको छ।

दुई वर्ष अगाडिको निर्देशनको प्रति सार्वजनिक गर्दै कतिपय अनलाइन मिडिया तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले अफवाह फैलाएका थिए। आइतबार आत्तीएर शेयर बिक्री गर्ने क्रममा झण्डै ९ अर्बको कारोबार भएको थियो। सोमबार बजार पुनः पुरानै लयमा फर्किए पछि कारोबार रकम ६ अर्ब ९७ करोड रुपैयाँको मात्रै भएको छ।

Esewa
Crest

सोमबार २०३ वटा कम्पनीको किनवेच हुँदा १२९ वटाको मूल्य बढेको छ भने ३३ वटाको मूल्यमा गिरावट आएको छ। १० वटा कम्पनीको शेयर मूल्य अधिकतम बढ्ने क्रममा ९ प्रतिशत भन्दा माथिको सुधार भएको छ।

सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ५८ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ। आइपिओ प्राप्त गरेका शेयरधनीले अधिकतम मूल्य पाए पछि बिक्री गर्ने क्रममा सोमबार प्रभु लाइफको सबैभन्दा धेरै पटक कारोबार भएको छ। कम्पनीको शेयर मूल्यमा सर्किट लाग्ने क्रममा ८४० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS