IME Life New

बजारको भ्रमबारे धितोपत्र बोर्डको स्पष्टीकरणः हल्लाको पछाडी नलागी कारोबार गर्न अनुरोध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल धितोपत्र बोर्डले केहि दिनदेखि बजारमा चलिरहेको भ्रमबारे स्पष्टिकरण दिएको छ। बोर्डले धितोपत्र दलाल व्यवसायीले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तिमा पच्चीस प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट नगदै अग्रीम रुपमा लिनुपर्ने व्यवस्था गरिएको भनी विभिन्न सञ्चार माध्यममा आएको समाचार र यसबाट लगानीकर्तामा द्विविधा सिर्जना भएको भन्दै यसबारे आफुले कुनै निर्देशन जारी नगरेको भन्दै स्पष्टिकरण दिएको छ।

बोर्डले दुई वर्ष अगाडि जारी गरेको निर्देशनलाई लिएर सञ्चार माध्यमले समाचार सप्रेषण गरेपछि लगानीकर्ताले बोर्डमा गुनासो गरेका थिए। बोर्डले २०७७ माघ ‍१४ गते सम्पूर्ण धितोपत्र दलाल व्यवसायीलाई धितोपत्र कारोवार राफसाफ तथा फछ्यौट ‘टि प्लस टु’ मा हुनुपर्ने व्यवस्था लागू भइसकेकोमा कतिपय धितोपत्र दलाल व्यवसायीहरुले सोको पालना नगरेको भनी लगानीकर्ताबाट गुनासो प्राप्त भएकोले धितोपत्र कारोवार साफसाफ तथा फछ्यौट  मा गर्न र सोही अनुसार समयमा नै धितोपत्र तथा रकम सम्बन्धित लगानीकर्ताले पाउने व्यवस्था कडाईका साथ पालना गर्न परिपत्र जारी गरेको जनाएको छ।

Esewa
Crest

धितोपत्र दलाल व्यवसायीले समयमा नै लगानीकर्तालाई रकम भुक्तानी गर्न सकुन् भन्ने उद्देश्यले यसअघि नै व्यवस्था गरिएको धितोपत्र कारोवार संचालन विनियमावली, २०७५ को विनियम ८ बमोजिम धितोपत्र विक्री गर्ने लगानीकर्तासँग मार्जिन रकम वा चेक लिनसक्ने जानकारी गराइएको भन्दै बोर्डले स्पष्ट पारेको छ।

बोर्डले लगानीकर्ताले खरिद गरेको धितोपत्र र धितोपत्र बिकी वापतको रकम समयमा नै लगानीकर्तालाई प्राप्त होस भन्ने उद्देश्यले उक्त परिपत्र जारी गरेको र यस कार्यलाई थप प्रभावकारी बनाउन बोर्ड अध्यक्ष सहितका उच्च तहका कर्मचारी, नेप्सेको प्रतिनिधि तथा ब्रोकर एशोसियशन अफ नेपालका पदाधिकारीबीच आइतबार बोर्डमा छलफल भई धितोपत्र कारोवारलाई बैंक तथा निक्षेप सदस्यसँग इन्टिग्रेशन गर्ने गरी लगानीकर्ताको धितोपत्र कारोवार खाता, मार्जिन खाता तथा क्लियरिङ्ग खाताका सम्बन्धमा उचित व्यवस्थापन निकट भविष्यमा नै गर्ने गरी आवश्यक कार्य अगाडि बढाउने निर्णय भएको बोर्डले जानकारी गराएको छ।

समाजिक सञ्जाल तथा भ्रामक र अपूर्ण सूचना र हल्लाको पछि नलागी सूचिकृत संगठित संस्थाको आधारभूत तथा प्राविधिक पक्षको अध्ययन गरी विद्यमान व्यवस्था अनुरुप नै लगानी गर्न बोर्डले लगानीकर्तारुलाई अनुरोध गरेको छ। बैंक खाता र शेयर खाता इन्टिग्रेशनको कार्य अगाडि बढाउने प्रक्रियाको लागि बोर्डबाट निर्देशन भइसकेको परिप्रेक्षमा सो व्यवस्था कार्यान्वयनमा आएपश्चात् धितोपत्र कारोवारको राफसाफ तथा फछ्यौट थप प्रभावकारी भई धितोपत्र कारोवार अझै लगानीकर्तामैत्री हुने बोर्डको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS