IME Life New

फर्स्ट माइक्रोफाइनान्सद्धारा १७ प्रतिशत लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको मंगलबार सम्पन्न साधारण सभा सम्पन्न भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने १७ प्रतिशत बोनस प्रस्ताव पारित गरेको छ । साथै बोनसको कर प्रयोजनका लागि नगद समेत वितरण गर्ने भएको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस शेयर तथा बोनसमा लाग्ने कर बापतको ०।८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा लगेको थियो । जस अनुसार कम्पनीले बोनस र नगद गरी कुल १२ करोड २४ लाख ७० हजार ४६९ रुपैयाँको लाभांश वितरण गर्नेछ ।

Esewa
Crest

कम्पनीले साधारणसभा प्रयोजनका लागि असोज १४ गते देखि असोज २८ गतेसम्मका लागि बुकक्लोज गरेको थियो । यसअनुसार असोज १३ गते कायम शेयरधनीले उक्त लाभांश पाउनेछन्।

उक्त साधारणसभाले गत आवको नाफा नोक्सान हिसाब,आव २०७६।७७ का लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने तथा लघुवित्तको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

कम्पनीको चुक्ता पूँजी ६८ करोड ४३ लाख ९३ हजार रुपैयाँ छ । बोनस पश्चात चुक्ता पूँजी ८० करोड ७ लाख ४० हजार पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS