IME Life New

प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा बिरगंजको दियालो लर्ड्स प्लाजामा सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ३ दशमलव ३२५ प्रतिशत बोनस शेयर र ० दशमलव १७५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७८ / ७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ साल आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान तथा आय व्यय हिसाब र सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गरेको छ ।

Esewa
Crest

त्यस्तै, सभाले लेखा परीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष२०७९/८० को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, वर्तमान लेखा परीक्षक श्री केजे एण्ड एशोसियट्स चाटर्ड एकाउन्टेन्टस् कानूनत पुनः नियुक्त हुने प्रस्ताव पारित गरेको छ ।

सभाले संचालक समितिबाट समूह(क) र (ख) अन्तर्गत रिक्त दुई संचालक पदको बाँकी कार्यकालका लागि गरिएको नियुक्तीको अनुमोदन गरेको छ । कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८ सय १९ बाट बृद्धि गरी १ अर्ब २२ करोड ५५ लाख ८४ हजार १ सय ३४ रुपैयाँ कायम गर्ने , सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धीत निकायबाट कुनै फेरबदल वा सुझाव भएमा सो सुझाव बमोजिम आवश्यक फेरबदल गर्ने अख्तियारी संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई दिने लगायतका प्रस्ताव पारित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS