IME Life New

प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सको शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले भोलि फागुन १७ गतेदेखि शेयर कारोबार रोक्का राख्ने भएका छन् । दुबैले भोलिदेखि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको नामबाट एकिकृत कारवबार गर्दैछन् ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को दफा ९ को उपदफा २ को प्रयोजनका लागि शेयर कारोबार रोक्का गर्ने भएका हुन् । प्रचलित नियम अनुसार मर्जरको सहमति पश्चात आधारभुत शेयरधनीहरुको मात्रै शेयर कारोबार रोक्का रहन्छ । एकिकृत कारोबार भएको दिनदेखि १५ दिनसम्म भने सबै शेयरधनीहरुको शेयर कारोबार रोक्का हुने व्यवस्था छ । तर मर्जर पछि स्वाप रेसियो अनुसार शेयर समायोजन गर्नेदेखि लिएर सूचिकरणका प्रकृयाँ पुरा गर्दा कम्पनीहरुले तोकिएको समयअवधि भित्र मर्जर पछिको एकिकृत शेयर कारोबार भने समयमा गर्न सकेको पाइदैन ।

Esewa
Crest

दुई कम्पनी बराबरी हैसियतमा मर्जर भएका हुन् । निर्जीवन क्षेत्रमा यो तेस्रो सफल मर्जर हो । जीवन तर्फ भने अहिलेसम्म एउटा मात्रै मर्जर सफल भएको छ । बाँकी कम्पनीहरु मर्जर प्रकृयाँमै छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS