IME Life New

प्रिमियर इन्स्योरेन्सले नागरिक लगानीकोषको शेयरबाटै कमायो ४७ करोड, ८८ करोडको पोर्टफेलियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ मा ६२ वटा कम्पनीमा लगानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको लेखापरिक्षण प्रतिवेदन अनुसार उक्त कम्पनीको ५१ लाख ४७ हजार कित्ता तथा इकाइमा ४३ लाख ४९ हजार रुपैयाँ लगानी गरेको छ । गत आर्थिक वर्षको असार मसातसम्मको बजार मूल्य अनुसार उक्त शेयरको भ्यालु ८८ करोड ६० लाख रुपैयाँ थियो ।

बीमा कम्पनीहरुले दोस्रो बजारमा नियमित रुपमा शेयर खरिद बिक्री गर्ने भएकाले यो पोर्टफेलियो अहिलेको अवस्थामा मिल्न जादैन । तर कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन अनुसार भने ५ वटा कम्पनीको संस्थापक शेयरमा लगानी गरेको देखिन्छ । कम्पनीले नेपाल इन्भेष्टमेन्ट बैंकको ७ हजार ३४९ कित्ता, एनएमबी बैंकको ७७ हजार ९२४ कित्ता, सेन्ट्रल फाइनान्सको एक लाख ६३ हजार कित्ता, इनस्योरेन्स इन्ष्टिच्युट नेपालको १० हजार कित्ता, नेपाल पुनर्बीमा कम्पनीकोको १६ लाख १८ हजार १६८ कित्तामा लगानी रहेको छ ।

Esewa
Crest

कम्पनीले प्रायः सबै बाणिज्य बैंकको शेयरमा लगानी गरेको छ । यस बाहेक केहि लघुवित्त वित्तीय संस्था, जलविद्युत, म्युचुअल फण्डमा पनि लगानी रहेको छ । कम्पनीले १२ वटा म्युचुअल फण्डमा लगानी गरेको छ । नागरिक लगानी कोषको २ लाख ४ हजार १२९ कित्ता शेयरका लागि २ करोड १० लाख रुपैया लगानी गरेकोमा यसको तत्कालिन बजार मूल्य ४९ करोड ५६ लाख रुपैयाँ थियो । जुन कम्पनीको समग्र शेयर बजारमा गरिएको लगानी बराबर हो । नागरिक लगानीकोषको शेयरबाट मात्रै कम्पनीले ४७ करोड ४५ लाख रुपैयाँ नाफा गरेको देखिन्छ ।

कम्पनीको लगानी 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS