IME Life New

प्रिमियर इन्स्योरेन्सले घोषणा गर्याे १५ प्रतिशत लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले नगद लाभांश घोषणा गरेको छ । २०७९ कात्तिक २९ गते बसेको संचालक समितिको ३१४ औं बैठकको निर्णय अनुसार नगद लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब २२ करोड ७६ लाख ८५ हजार ८ सय रुपैयाँ रहेको छ । उक्त चुक्त पूँजीको ५ प्रतिशतले हुन आउने ६ करोड १३ लाख ८४ हजार २४० रुपैयाँको बोनस शेयर तथा १० प्रतिशतले हुन रकम १२ करोड २७ लाख ६८ हजार ४८० रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो । जुन बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनको लागि समेत रहेको कम्पनीले जनाएको छ । यसरी कम्पनीले कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

प्रस्तावित बोनस शेयर तथा नगद लाभांश नेपाल बीमा प्राधिकरण तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS