IME Life New

प्रिमियर इन्स्योरेन्सको साधारण सभा चैत २३ गते, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले २७औं वार्षिक साधारण सभा चैत २३ गते गर्ने भएको छ । कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभा प्रिमियर भवन, नक्साल, काठमाडौंमा बिहान ११ बजे गर्ने कम्पनीले जनाएको छ । सभामा शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

Esewa
Crest

साधारण सभा र लाभांश प्रयोजनका लागि चैत ११ गतेदेखि २३ बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा चैत १० गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सभामा लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६ /७७ को नाफा, नोक्सान, हिसाब, वासलात तथा नगद प्रवाह विवरण पारित गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने, कम्पनीको नियमावीमा संशोधन गर्ने लगायतका विभिन्न प्रस्ताव रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS