IME Life New

प्राधिकरणले सार्वजनिक गर्‍यो दलहन बीमा, पहाडमा कम्तीमा ४ आना र तराईमा आधा कठ्ठा खेत चाहिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पौष १६ गतेदेखि प्रचलनमा ल्याउने घोषणा गरेको दलहन,ओखर, आँप र स‌ंशोधित प‌ंक्षी बीमालेख बुधबार सार्वजनिक गरेको छ।दलहन बाली खेती बीमाका लागि पहाडी भेगमा चार आना र तराईमा आधा कट्ठा न्यूनत्तम क्षेत्रफल निर्धारण गरिएको छ। साथै बीमाका लागि बाली लगाइएको जग्गाको कित्ता नम्बर बीमालेखमा नै उल्लेख गर्नुपर्ने प्रावधान छ।

जग्गाको स्पष्ट पहिचानका लागि दलहन बाली लगाइएको जग्गाको अवस्थिति यकीन हुने चार किल्ला वा  स्थानीय तहले प्रदान गरेको स‌ंकेत नम्बर समेतका प्रमाणका रूपमा पेश गर्नुपर्नेछ। बीउको लागत प्रयोग हुने दलहन बालीको जात, बिउको स्रोत, बीउ दर, छरेको मिति तथा खेती गर्दाका महत्वपूर्ण गतिविधिहरु जस्तै रोपण, गोडमेल, मलजल, विषादीको प्रयोग आदिको बारेमा अनुसूची ७ बमोजिम बीमितले विवरण तयार पारेर राख्नुपर्नेछ।

Esewa
Crest

दलहन बीमाका लागि बीउ छरेको ३० दिनभित्र बिउ अ‌ंकुरण भएको अवस्थामा बालीको बीमा गर्नुपर्ने शर्त राखिएको छ। यसैगरी राष्ट्रिय बीउ बिजन समितिद्वारा सूचीकृत र उपलब्ध गराईएका बीउहरु सिफारिश गरिएका क्षेत्रमा खेती गरिएको हुनुपर्नेछ। चलनचल्तीमा रहेका दलहन बालीको अन्य जातको हकमा त्यस्ता जात त्यो क्षेत्रमा कम्तीमा १० वर्षदेखि खेती गरिएको कृषी हेर्ने जिल्लास्थित सरकारी कार्यालय वा स्थानीय तहको कृषी हेर्ने शाखाले सिफारिश गरेको हुनुपर्नेछ। यसबाहेक दलहन बालीहरु एकल बाली वा घुसुवा बालीको रुपमा खेती गरिएको भएपनि अन्तर बाली, मिश्रित बाली र खेतबारीका आली र कान्लामा लगाइएका दलहन बालीको बीमा यो बीमालेख अन्तर्गत नहुने शर्त छ।

बीउ छर्दाको समयमा पर्याप्त चिस्यानको अवस्था भएको हुनुपर्ने र बीमा गरिएको बालीमा कुनै रोग वा किरा लागेमा तत्काल बीमित किसानले आफ्नै खर्चमा उचित स्याहार र उपचार गराई प्रमाण सुरक्षित राख्नुपर्नेछ।

प्राधिकरणले नयाँ जारी गरिएका बीमालेखहरुमा बीमालेख खरिद गर्ने बीमितका लागि दुई लाख रुपैयाँ बीमा‌ंकको दुर्घटना बीमा समावेश गरि दिएको छ। यसअघि पुराना बीमालेखमा बेग्लै सुविधा वापत समावेश गरिएकोमा नयाँ बीमालेखमा प्राधिकरणले समावेश गरेरै बीमालेख तयार पारेको छ।

मुसुरो बाली लगाइएको जग्गामा पानी निकासको लागि कुलो बनाइएको हुनुपर्नेछ। रहर बाली पानी नजम्ने खेतमा खेती गरिएको वा ड्याङ्ग बनाएर खेती गरिएको हुनुपर्ने र झारको उचित व्यवस्था समेत गरिएको हुनुपर्ने शर्त बीमालेखमा समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS