IME Life New

प्राधिकरणले किन जारी गर्‍याे लघु जीवन बीमकलाई विशेष निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साेमबार लघु जीवन बीमकलाई निर्देशन जारी गर्दै पाँच लाख रुपैयाँभन्दा बढी जाेखिम बहन नहुने गरी बीमालेख बिक्री गर्न विशेष निर्देशन जारी गर्याे । लघु जीवन बीमकले ताेकिएकाे सीमाभन्दा अधिक रकम दाबी भुक्तानी दिन थालेपछि प्राधिकरणले राेक लगाउनु परेकाे हाे।

लघु बीमालेख बिक्रीमा प्राधिकरणकाे कसिकसाउ, भन्याे ‘पाँचलाख भन्दा माथिकाे बीमालेख नबेच्नु’

Esewa
Crest

गार्डियन माइक्राे लाइफले माेरङमा सतलाेक सहकारीमार्फत् बिक्री गरेकाे पाँच लाख बीमांककाे बीमालेखवापत ५ लाख २५ हजार रूपैयाँ दाबी भुक्तानी गरेकाे समाचार सार्वजनिक भएपछि प्राधिकरणले यस्ताे निर्देशन जारी गरेकाे हाे । लघु जीवन बीमा निर्देशिका २०७९ अधिकत्तम पाँच लाख रुपैयाँ बीमा‌ंककाे बीमालेख मात्र बिक्री गर्न पाउने प्रावधान भएपनि त्याे भन्दा बढी रकम दाबी भुक्तानी गरिएकाे भन्दै प्राधिकरणले ९ बुँदे निर्देशन जारी गर्दै पाँचलाख रुपैयाँकाे सीमाबारे बीमकलाई सचेत गराउनु परेकाे छ।

गार्डियन माइक्राे लाइफले बीमित अमित कुमार राजव‌ंशीकाे नाममा किरिया खर्च सुविधाका साथै ५ लाख रूपैयाँ बीमांककाे बीमालेख बिक्री गरेकाे थियाे । गत भदाै ३० गते बीमित राजवंशीकाे असायमीक निधन भएपछि गार्डियनले मृत्यु दाबी सम्बन्धमा असाेज १८ गते सम्पूर्ण कागज प्रमाण फेला पारेकाे थियाे । कागज प्रमाण प्राप्त गरेकाे भाेलि पल्ट असाेज १९ गते औपचारिक कार्यक्रमकाे आयाेजना गर्दै गार्डियन माइक्राेले प्राधिकरणकाे काेशी प्रदेश कार्यालय प्रमुख विनाेद पाेखरेलमार्फत् हकवालालाई दाबी रकम हस्तान्तरण गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS