IME Life New

लघु बीमालेख बिक्रीमा प्राधिकरणकाे कसिकसाउ, भन्याे ‘पाँचलाख भन्दा माथिकाे बीमालेख नबेच्नु’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हालै मात्र सञ्चालनमा आएका लघु जीवन बीमा कम्पनीहरुलाई नेपाल बीमा प्राधिकरणले निर्देशनमार्फत् कसिकसाउकाे प्रयास गरेकाे छ। प्राधिकरणले जुनसुकै अतिरिक्त सुविधा थप गर्दा पनि बीमितले भुक्तानी पाउने बीमा‌ंकलाई पाँच लाख रुपैयाँ ननघाउन निर्देशन जारी गरेकाे हाे ।

प्राधिकरणले मूल बीमा‌लेखकाे बीमा‌ंकमा अतिरिक्त सुविधा (राइडर) थप्दा समेत बीमितले जुनसुकै अवस्थामा भुक्तानी प्राप्त गर्ने रकम पाँच लाख रूपैयाँ ननाघ्ने गरी बीमालेख बिक्री गर्न निर्देशन जारी गरेकाे हाे । लघु जीवन बीमालेख निर्देशिका २०७९ ले लघु जीवन बीमकका लागी बीमांककाे अधिकत्तम सीमा पाँच लाख रूपैयाँ मात्र ताेकेकाे छ।

Esewa
Crest

मूल बीमालेखकाे बीमांक पाँच लाख, दुर्घटना मृत्यु लाभवापतकाे थप पाँच लाख र किरिया खर्च सुविधावापतकाे २५ हजार रूपैयाँ समेत लघु जीवन बीमकले दुर्घटनाबाट बीमितकाे मृत्यु भएकाे अवस्थामा कूल १० लाख २५ हजार रूपैयाँ भुक्तानी दिने गरी बीमालेख जारी गर्दै आएका थिए । सामान्य मृत्युमा बीमा‌ंककाे पाँच लाख रूपैयाँबाहेक किरिया खर्चवापत थप २५ हजार रूपैयाँ भुक्तानी दिने गरी बीमालेख बिक्री हुँदै आएकाे थियाे ।

प्राधिकरणले साेमबार जारी गरेकाे निर्देशनले अतिरिक्त लाभहरु थप्दा समेत पाँच लाख भन्दा बढी रकम दाबी भुक्तानी नपाउने गरी लघु जीवन बीमकले बीमालेख जारी गर्नुपर्ने भएकाे छ। उदाहरणका लागी दुर्घटनाबाट मृत्यु भएकाे अवस्थामा पाँच लाख रुपैयाँ भुक्तानी पाउने गरी बीमालेख जारी गरिएकाे छ भने मूल बीमालेखकाे बीमा‌ंक ३ लाख, दुर्घटना मृत्यु लाभवापत १ लाख ७५ हजार र किरिया खर्च सुविधावापत २५ हजार रूपैयाँ समेत जम्मा ५ लाख रूपैयाँ कूल बीमांक कायम हुने गरी बीमालेख जारी गर्नुपर्ने भएकाे छ । अर्थात् मूल बीमांक र अतिरिक्त सुविधा समेत जाेड्दाकाे याेगफल पाँच लाख रूपैयाँ नघाउन पाइनेछैन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS