IME Life New

प्राधिकरणको अध्यक्ष पदका लागि १५ जनाको आबेदन, अध्यक्षका दाबेदारहरु को को हुन् त ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष पदका लागि १५ जना इच्छुक देखिएका छन् । प्राधिकरणको अध्यक्षमा नयाँ नियुक्तिको लागि आवेदन माग गरिएकोमा अन्तिम दिन शुक्रबारसम्म १५ जनाले आवेदन पेश गरेका हुन् ।

आवेदन पेश गर्नेमा नेपाल टेलिकमका पूर्व कर्मचारीदेखि नेपाल दूरसंचार प्राधिकरणका वर्तमान वरिष्ठ निर्देशकसम्म रहेका छन् ।

Esewa
Crest

उनीहरुले सरकारले माग गरेको खुला आवेदनअनुसार तोकिएको न्यूनतम मापदण्डको आधारमा आवेदन दिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

आवेदन दिनेमा आनन्दराज खनाल देखि पुरुषोत्तम खनाल र दिगम्बर झासम्म, टेलिकमका पूर्व कर्मचारी नै ६ जना ।

मन्त्रालय स्रोतकाअनुसार आवेदन दिनेहरुमा अनिल कुमार झा, देव नारायण यादव, आनन्दराज खनाल, दिगम्बर झा, शुसिल घिमिरे, उज्वल प्रधानांग, भुपेन्द्र भण्डारी, रविन्द्र झा, खड्ग बहादुर बस्नेत, शिव भुषण यादव, पुरुषोत्तम खनाल, सि मणि चौलागाईँ, बुद्धि प्रसाद आचार्य, रोहित रौनियार, मधुसुधन कर्माचार्य रहेका छन् ।

आवेदकहरुमध्ये सि मणि चौलागौईँ नेपाल दुरसंचार प्राधिकरणका वर्तमान बोर्ड सदस्य हुन् भने आनन्द राज खनाल र पुरुषोत्तम खनाल प्राधिरकरणकै वरिष्ठ निर्देशक हुन् ।

अनिल झा जनक शिक्षा सामाग्री केन्द्रका पूर्व महाप्रबन्धक हुन भने बुद्धि प्रसाद आचार्य, देव नारायण यादव, रविन्द्र झा, शिव भुषण लाल, मधु सुदन कर्माचार्य, खड्ग बस्नेत नेपाल टेलिकमका पूर्व कर्मचारी हुन् । बुद्धि टेलिकमका पूर्व प्रबन्ध निर्देशक हुन् भने अरु सबै डेपुटी प्रबन्ध निर्देशक हुन् ।

त्यस्तै शुशिल घिमिरे संचार मन्त्रालयका पूर्व सचिव भईसकेका व्यक्ति हुन भने भुपेन्द्र भण्डारी स्मार्ट मोबाइल बुरुण्डीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका छन् ।

आवेदकमध्येका दिगम्बर झा भने प्राधिकरणका पूर्व अध्यक्ष तथा नेपाल आयल निगमका पूर्व प्रबन्ध निर्देशक हुन् । यसअघि सरकारले तत्कालिन अध्यक्ष झालाई नै राजनीतिक नियुक्ति भएको भन्दै पदबाट हटाएको थियो । उनले सरकारको निर्णय चित्त नबुझेको र आफू प्रतिस्पर्धाको आधारमा आएको भन्दै सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दिएका थिए ।

अध्यक्ष पदका दाबेदार उज्वल प्रधानांग यूनिसेफ, ब्रिटिस काउन्सिल, वल्र्ड डिष्ट्रिब्यूसन नेपालमा कार्यरत छन भने अर्का आवेदक रोहित रौनियार एनसेलका पूर्व बिक्री निर्देशक तथा गोल्छा समूह अन्तरगतको पारामाउण्ट इलेक्ट्रोनिक्सका महाप्रबन्धक भईसकेका व्यक्ति हुन् ।

सर्वोच्चले उनको पक्षमा अन्तरिम आदेश जारी गरेपनि सो आदेश दिएको भोलिपल्ट नै मुद्धा फिर्ता लिएका थिए । उनलाई हटाएपछि नै रिक्त भएको दूरसंचार प्राधिकरणको अध्यक्ष पदका लागि सरकारले भदौ २ गते शनिवार गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दै खुला आवेदन माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS