IME Life New

प्राक्टिकल एक्सन नेपालद्धारा सुचांकमा आधारित बाढी बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राक्टिकल एक्सन नेपालको लुम्बिनी प्रदेशमा सुचांकमा आधारित बाढी बीमा सम्बन्धी पाइलट आयोजना बिषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बौल्दै उपस्थित बक्ताहरुले मौसमी सुचांकको आधारमा यस अघि हुदै आएको बीमालाई बाढी सुचांकमा आधारित रहेर पनि थप बृहत रुपमा अगाढी बढाउन सुझाव दिएका छन् ।

नेपाल जस्तो कृषि प्रधान देशमा मौसमी सुचाकंका आधारमा गरिएको कृषि तथा बाली बीमा कृषकका लागी उपयोगी सावित भइरहेको अवस्थामा सुचांकमा आधारीत बाढी बीमालाई पनि बृहत रुपमा अगाडी बढाउनु पर्नेमा उनीहरुले जोड दिएका हुन् । उनीहरुले यस परियोजना अन्तर्गत रहेर गरिने सुचाकंका आधारमा बाढी बीमालाई अझ बृहत रुपमा लुम्बिनी प्रदेश भरी नै बिस्तार गर्दै लैजान समेत सुझाए ।

Esewa
Crest

लुम्बिनी प्रदेशको पश्चिमी जिल्लाहरुमा पाइलट प्रोजेक्टका रुपमा अगाढी बढाइएको सुचाकंमा आधारित बाढी बीमाको दातृ निकाय जुरिख रि इन्स्योरेन्स र इन्स्युरीलाईलेन्स सोलुसन फन्ड रहेका छन् । परियोजनाको नेतृत्व प्राक्टिकल एक्सनले गरेको छ भने ग्लोबल प्यारामेटिक्स, स्टोनस्टेप कन्सोर्टीयस साझेदार निकायको रुपमा रहेका छन् ।

यस परियोजनाको स्थानीय साझेदारको रुपमा ४८ वटा सहकारी सस्थाहरु रहेका छन् । यस बीमा कृषकले सोझै सहकारी मार्फत गर्ने हुदाँ उनीहरुले बीमा कम्पनीसँग प्रत्यक्ष सम्पर्क नगरी सोझै सहकारी मार्फत बीमा गर्न सक्नेछन् ।

गत बर्ष देखी सुरु भएको यस परियोजनाले चालु आर्थिक बर्ष देखी भने लुम्बिनी प्रदेश सरकारसँग समेत सहकार्य गरेर अगाडी बढ्ने भएको छ । परियोना सन्दर्भमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका गृह सचिव लालबावु कवारीले यस परियोजनालाई चालु आर्थिक बर्ष देखी नै प्रदेश सरकारसँग सहकार्य गर्दै अगाडी बढाउने विश्वास समेत व्यक्त गरेका छन् ।

उनले बाढीको बहावले जलसतह नाघे पछि सोझै कृषकले झन्झट रहित तवरले दावी पाउने भएपछि यस्तो बीमालाई प्रदेश भरी नै बृहत अध्ययन गरेर बृहत्तर अभियान चलाउनु पर्नेमा समेत जोड दिए ।

सुचांकमा आधारित बाढी बीमा उत्पादन मुल्यमा आधारीत रहेर गर्ने गरिन्छ । यस परियोजनाको गत बर्ष देखी लुम्बिनी प्रदेशको पश्चिमका जिल्लाहरु बाके, बर्दिया लगायतका जिल्लाका बाढी प्रभावित क्षेत्रमा सुरु गरिएको छ । मौसमी सुचांकको आधारमा हिमाली जिल्लाको स्याउ देखी तराईका केरा सम्मको बीमा गर्दै आएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले यस बीमालाई परियोजनाका रुपमा गत बर्ष देखी सो क्षेत्रहरुमा गर्दै आएको छ ।

कर्णाली नदिमा आएको बाढीको कारण नदीको जलसतह बढेर जलमापन केन्द्रमा नदीको बहाव १०ः ८० मिटर भन्दा माथी पुग्दा बित्तिकै यस बीमालेख अन्तर्गत बीमा दावी योग्य हुने बताइएको छ ।

सुचांकका आधारमा हुने बीमा भएकोले यस्तो बीमाको दावी गर्नका लागी लेखा जोखा गर्न नपर्ने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख किरण काफ्लेले बताए । उनका अनुसार तोकिएको सुचांकमा बाढी पुगे पछि कम्पनीले भुक्तानी प्रकृयाका लागी बीमितलाई जानकारी गराउने गर्दछ ।

तोकिएका अधिकतमा बिन्दुमा बाढी पुगेको खण्डमा सतप्रतिशत दावी पाइने तथा बाली लगाएको स्थानमा क्षतीको मुल्यांकन तथा प्रक्रियागत झन्झट नहुने हुदाँ दावी प्रक्रिया सहज र छिटो हुने छ ।

लुम्बिनी प्रदेश सरकारका गृह सचिव लालबावु कवारी, नेपाल बीमा प्राधीकरण लुम्बिनी प्रदेश प्रमुख पुणर् बहादुर थापा, परियोजना साझेदार सस्थाका प्रतिनिधी तथा सहकारीका प्रतिनीधी बिच भएको छलफल कार्यक्रममा स्थानीय सहभागीहरुले सुचांकमा आधारीत रहेर बाढी बीमा गर्दा यसका मापदण्डहरुमा केही सुधार गर्नु पर्ने सुझाव समेत दिएका छन् ।

उनीहरुले सहकारीहरुले सुचांकका आधारम दावी भुक्तानीको व्यवस्था नहुदाँ नदि कटान क्षेत्रमा छिटै क्षति हुने तर दावी पाउन नसकिने व्यवस्था रहेकोले यस्तो मापदण्ड संसोधन गर्न सुझाएका छन् । मापन अनुसार पानी पर्यो तर क्षति भएन भने पनि दावी पाउने व्यवस्था अलि व्यवहारिक नभएको उनीहरुको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS