IME Life New

लाभांश पारित गर्न सिद्धार्थ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारण सभा जेठ २८ गते गर्ने भएको छ । कम्पनीको हिजो बैशाख ५ गते, बसकोे संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा काठमाडौंको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षको मुनाफाबाट १५ दशमलव ७८९४ प्रतिशत लाभांश वितरण गर्ने पारित गर्नेछ । जसमा ३ दशमलव७८९४ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) र १२ प्रतिशतले हुन आउने बोनश शेयर रहेको पारित हुँदैछ ।

Esewa
Crest

त्यस्तै, सभामा संचालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७६ /७७ को वार्षिक प्रतिवेदन छलफल पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६ ७७ को वासलात, हिसाव, नगद तथा नाफा नोक्सान, सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धीत अनुसुचिहरु छलफल गरी पारित गर्नेछ ।

त्यसैगरी लेखापरिक्षक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७७/ ७८ को लागि लेखा परिक्षक नियुक्ती गरी निजको पारिश्रमिक तोकिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा रहेको छ ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले आउँदो जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले जेठ १३ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS