IME Life New

प्रभु इन्स्योरेन्सले पुस २८ गते बीमा अभिकर्ताको परीक्षा संचालन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले बीमा अभिकर्ताको परीक्षा संचालन गर्ने भएको छ । कम्पनीले एक सुचना जारी गर्दै नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम बीमा अधिकर्ताको परीक्षा संचालन गर्न लागेको जनाएको छ । कम्पनीले यहि पुस २८ गते भर्चुअल माध्यमबाट परीक्षा संचालन गर्ने जनाएको छ ।

कम्पनीले बीमा ऐनअनुसार बीमा अभिकर्ताले ‘अभिकर्ता इजाजत पत्र प्राप्त गर्नु अघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण हुनुपर्नेछ’ भन्ने व्यवस्था भएअनुसार कम्पनीबाट बीमा अभिकर्ताको आधारभूत तालिम लिई बीमा प्राधिकरणबाट बीमा अभिकर्ताको लाइसेन्स प्राप्त गर्न बाँकी रहेका ब्यक्तिहरुलाई परीक्षा लिन लागेको जनाइएको छ ।

Esewa
Crest

परीक्षा बिहान ११ बजेदेखि १२ः३० बजेसम्म संचालन हुने जनाएको छ । परीक्षामा सहभागी हुने ब्यक्तिले बीमा अभिकर्ताको लाइसेन्स प्राप्त गर्न १०० पूर्णाङ्कमा ५० अंक प्राप्त गर्नुपर्नेछ । कम्पनीका अनुसार परिक्षा १ घण्टा ३० मिनेटको हुनेछ ।

सम्बन्धित व्यक्तिहरुले कम्पनीले उपलब्ध गराएको नम्बरबाट सम्पर्क गरी थप जानकारी लिन कम्पनीले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS