IME Life New

प्रभु इन्स्योरेन्सले नेप्सेलाई हकप्रद सम्बन्धी दियो स्पष्टिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन सम्बन्धी विषयलाई थप स्पष्ट पारेको छ । कम्पनीले एक सुचना जारी गर्दै  हकप्रद शेयर सम्बन्धी अन्योलता सिर्जना भएको भन्दै नेप्सेलाई थप स्पष्टिकरण दिएको हो ।

कम्पनीको असार २७ गते बसेको संचालक समितिको बैठकमा छलफल हुँदा हकप्रद सम्बन्धी विषय सभामा पेश गर्ने निर्णय भएअनुसार पेश भएको जनाएको छ । सोही बैठकको निर्णय अनुसार यस अघि सम्पन्न २७औं वार्षिक साधारण सभामा सूचना प्रकाशित भई छलफल तथा निर्णय भए बमोजिम हकप्रद शेयर जारी गर्नको लागि प्राधिकरणबाट पूर्व स्वीकृति लिने निर्णय भएको कम्पनीले स्पष्ट पारेको हो ।

Esewa
Crest

कम्पनीले हकप्रद शेयर निष्काशन गर्नको लागि हिजो साउन ३ गते अनुमति माग्दै बीमा प्राधिकरणमा निवेदन पेश गरेको हो । साथै प्राधिकरणको पूर्व स्वीकृति प्राप्त भई आएपछि मात्रै हकप्रद शेयर निष्काशन सम्बन्धी अन्य निर्णय तथा प्रकृया अघि बठाउने कम्पनीले सोही सूचना मार्फत प्रष्ट पारेको छ ।

कम्पनीले हिजो प्राधिकरण समक्ष हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्नका लागि निवेदन पेश गरेको हो । कम्पनीले हकप्रद शेयरमार्फत् कूल ९९ करोड २८ लाख ७२ हजार २१० रुपैयाँ थप पूँजी जुटाएर कूल चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS