IME Life New

प्रभु इन्स्योरेन्सको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले ६ दशमलव ७० प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत फागुन २३ गते समपन्न २७औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनश शेयर दोस्रो बजारमा सूचिकृतपश्चात् वितरण गरेको हो ।

गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कम्पनीले यस वर्ष बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत लाभांशसमेत वितरण गर्ने निर्णय गरेको थियो । यसर्थ बोनस शेयर कर वापतको रकम शेयरधनीहरूले तिर्न नपर्ने भएको छ ।

Esewa
Crest

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि फागुन १२ गते एक दिन बुक क्लोज गरेको थियो । त्यसकारण बुक क्लोजको आधारमा फागुन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् ।

फागुन ११ गतेसम्म आफ्नो शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा उक्त बोनस शेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का जनाई जम्मा हुने हुँदा कर्जा राफसाफ भैसकेको खण्डमा फुकुवा गर्न समेत कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS