IME Life New

प्रभु इन्स्योरेन्सको नबिकेको हकप्रद शेयर लिलाम बिक्रि भदौ १७ देखि खुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रभु इन्स्योरेन्सकोे लिलामीको शेयर भदौ १७ देखि २४ गतेसम्म आवेदन दिन सकिने कम्पनी ले हकप्रदमा नविकेको शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले संस्थापक र साधारणतर्फको गरी कुल एक लाख ३७ हजार १६ कित्ता हकप्रद शेयर भदौ १७ देखि लिलामी गर्ने भएको हो ।

प्रभु इन्स्योरेन्सले १५ हजार ८६१ कित्ता संस्थापक समूहको तथा एक लाख २१ हजार १५४ कित्ता साधारण तर्फको शेयर लिलामी गर्ने भएको हो । लिलामीको शेयरमा भदौ १७ देखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हकप्रद शेयर सँगै चुक्ता पूँजी एक अर्ब रुपैयाँ नाघ्नेछ। कम्पनीको जगेडा कोषमा २१ करोड ५५ लाख रुपैयाँ छ।
लिलामी शेयरमा प्रभु क्यापिटल र प्रभु बैंकका शाखाहरु मार्फत बोलपत्र लिन र पेश गर्न सकिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । आवेदनको लागि प्रभु क्यापिटल कमलादी, प्रभु बैंकको शाखा कार्यालयहरु, विरगंज, विराटनगर, बुटवल, पोखरा, वीरेन्द्रनगर, सुर्खेत रोड नेपालगंज र धनगढी रहेका छन्।  न्यूनतम एक सय रुपैयाँ तोकिएको शेयरमा दश कित्ताले भाग जानेगरी कम्तिमा सय कित्ताका लागि आवेदन गर्न पाइनेछ ।कम्पनीको दोस्रो बजारमा ४७८ रुपैयाँमा कारोबार भैरहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS