काठमाडौं । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको लागि ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेका छन् प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उक्त बजेट गर्दै वाली तथा पशुधनको बीमालाई सघन रुपमा संचालन गर्न स्थानीय तह र बीमा कम्पनीहरुसँग समव्वय गरी बाली तथा पशुधन बीमालाई अभियानका रुपमा प्रवद्र्धन गर्ने बताएका छन् ।
उनले वाली तथा पशुपंछी उत्पादनका लागि विशेष व्यवसायिक क्षेत्रहरुमा गरिने बाली तथा पशुपंछी बीमामा प्रदेश सरकारको तर्फबाट समेत प्रिमियमा अनुदान उपलब्ध गराउन ३ करोड बजेट विनियोजन गरेको बताएका छन् ।












