IME Life New

ट्रस्ट माइक्रोले ३ महिनामा १ करोडको पनि व्यापार गरेन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ७९ लाख ५३ हजार रुपैयाँ घाटा व्यहोरेको छ।

प्रथम त्रैमासमा कम्पनीले ९४ लाख २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। समीक्षा अवधिमा कम्पनीले २९ लाख ८८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। कम्पनी कमिसनबापत १४ लाख ८० हजार रुपैयाँ आम्दानी गरेको छ।

Esewa
Crest

चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा ६७ लाख ३१ हजार रुपैयाँ, महाविपत्ति कोषमा ६ लाख ७३ हजार रुपैयाँ र अन्य इक्विटीमा ६२ हजार ६३५ रुपैयाँ रहेको छ। कम्पनीको रिटेन्ड अर्निङ भने २० लाख ७७ हजार रुपैयाँले ऋणात्मक रहेको छ।

कम्पनीको बीमा कोषमा ५ करोड ६१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बीमा कोषमा २ करोड १७ लाख रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

75%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS