IME Life New

पोलिसी एडको अन्तरबीमा फुट्सल प्रतियोगिता सम्पन्न, नेको इन्स्योरेन्सले जित्यो उपाधी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पोलिसी एडको पहिलो अन्तरबीमा फुट्सल टुर्नामेन्ट २०८१ सफलतापुर्वक सम्पन्न भएको छ । उक्त फुट्सल टुर्नामेन्टको उपाधी नेको इस्स्योरेन्सले जित्न सफल भएको छ । उप विजेताको उपाधी हिमालयन लाईफ इन्स्योरेन्सले प्राप्त गरेको छ ।

इन्स्योरेन्स क्षेत्रमा पहिलो पटक आयोजना गरिएको फुट्सल टुर्नामेन्टमा ११ वटा टिमको सहभागिता रहेको थियो । चार वटा समूहमा विभाजन गरी समूह चरणका खेलहरु खेलाइएको थियो । प्राइम फुट्सलमा दुई दिनसम्म सञ्चालन भएको खेलमा म्यान अफ द म्याचको उपाधी नेको इन्स्योरेन्सका क्षितिज सुबेदीले पाए भने वेष्ट गोलकिपर र वेष्ट डिफेन्डरको उपाधी पनि नेको इन्स्योरेन्सका खेलाडी क्रमस निरज डागी र अभिसेख कर्माचार्यले हात पारे ।

Esewa
Crest

त्यस्तै वेष्ट प्लेयरको उपाधी उकेश तामाङले हात पार्न सफल भए भने उच्च गोलकर्ताको ट्रफि नेको इन्स्योरेन्सका क्षितिज सुबेदीले प्राप्त गरे ।उक्त टुर्नामेन्टमा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा र लघुबीमा कम्पनीहरुले भाग लिएका थिए ।

सबै बीमा कम्पनीहरुमा आपसी सम्बध प्रगाढ होस् भन्ने उद्देश्यका साथ टुर्नामेन्ट आयोजना गरिएको पोलिसी एडका सीईओ ईश्वर विकास श्रेष्ठ ले बताए ।

फुटसल टुर्नामेन्टमा सानिमा रिलायन्स लाइफ, हिमालयन लाइफ, युनाइटेड अजोड इन्स्योरेन्स, सूर्यज्योति लाइफ, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सिटिजन लाइफ, नेपाल ईन्स्योरेन्स कम्पनी,नेपाल माईक्रो ईन्स्योरेन्स, जीवन बीमा कम्पनी र सालिको लगायतका कम्पनीहरुको फुटसल टिमले सहभागि जनाएका थिए ।

विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई बीमा प्राधिकरण नियमन विभागका प्रमुख तथा इन्स्योरेन्स इन्चिट्युटका कार्यकारी प्रमुख सुसिलदेव सुवेदीले ट्रफि ,मेडल तथा पदक ,वितरण गरेका थिए ।

उक्त आयोजनाले समग्र बीमा क्षेत्रमा योगदान पुर्याउने मानिसहरुलाई थप हौसला मिल्ने पोलिसी एडले विश्वास लिएको धारणा राख्दै सिईओ श्रेष्ठ आगामी दिनमा अझ व्यापक रुपमा टुर्नामेन्ट आयोजना गरिने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS