IME Life New

पोखरामा नेपाल माइक्रोको लघु बीमा सम्बन्धी अभिमुखीकरण सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले हालै पोखरामा लघु बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । लघु बीमा सम्बद्ध सरोकारवालाहरुलाई जानकारी गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका प्रमुखकार्यकारी अधिकृत मृगेन्द्र रिमालले नेपालमा लघु बीमाको भूमिकाको विषयमा प्रकाश पार्दै यसका चुनौति र संभावनाका बारेमा प्रस्तुतिकरण दिएका थिए ।

मुलतः बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको सो कार्यक्रममा कम्पनीका सहायक प्रमुखकार्यकारी अधिकृत अनिल गिरीले आफ्नो प्रस्तुतिमा नेपाल माइक्रो इन्स्योरेन्सले प्रदान गर्ने लघु वीमाका सेवाहरुका बारेमा सहभागीहरुलाई जानकारी गराउनु हुँदै कम्पनीले सहज र सस्तो दरमा सेवाहरु प्रदान गरिरहेको बताएका थिए ।

Esewa
Crest

डेभलपमेन्ट एलायन्स नेपालको संयोजनमा संचालित उक्त कर्यक्रममा कृषि विकास बैंक, गण्डकी प्रदेशका निर्देशक घनेन्द्र अधिकारीले बैंक र बीमा व्यवसायका बीच अन्योन्याश्रित सम्वन्ध रहेकोले यस्ता प्रकारका अभिमुकरण कार्यक्रम बैकिङ्ग क्षेत्रका कर्मचारीका लागि कार्यसम्पादनको क्रममा उपयोगी हुने बताए ।

बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण, गण्डकीका प्रदेश प्रमुख केशवप्रसाद दाहालले आफ्नो मन्तव्यको क्रममा साना तथा सीमान्तकृत वर्गलाई समेट्न लघु वीमाको अवधारणा ल्याइएको हँदा बीमाको पहुँच विस्तार गर्न जनस्तरमा समेत अभिमुखीकरण कार्य्रक्रम संचलन गर्नुपर्ने धारणा ब्यक्त गरे ।

दुई वर्षअघि सात वटा लघु वीमा कम्पनीले संचालनअनुमति पाएकामा निर्जीवन लघु बीमातर्फ नेपाल माइक्रो इन्स्योरेन्स कंपनीले आफ्नो स्थापनाकाल देखि नै व्यावसाय विस्तारमा अग्रणी स्थान ओगट्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS