IME Life New

पोखरामा ट्रष्ट माइक्रो इन्स्योरेन्सको नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले पोखरामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनकिो उक्त शाखा प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख केशव प्रसाद दाहाल साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुंगानाले संयुक्त रूपमा उद्घाटन गरे ।

शाखा उद्घाटन समारोहमा प्रमुख अतिथि केशव प्रसाद दाहालले आउँदा दिनहरूको लागि शुभकामना दिए । ट्रष्ट माइक्रो इन्स्योरेन्सले गण्डकी प्रदेशको आर्थिक विकासमा योगदान पु-याउँदै यस क्षेत्रका सीमान्तकृत समुदायलाई सेवा प्रदान गरेर उनीहरूको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ भन्दै यस शाखाको सफलताको कामना पनि गरे ।

Esewa
Crest

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुंगानाले शाखा उद्घाटन गर्दै भने, “पोखरामा शाखा स्थापना गर्न पाउँदा हामी निकै खुशी छौं । यसले यहाँका नागरिकलाई गुणस्तरीय बीमा सेवा उपलब्ध गराउनेछ । यो शाखा मार्फत, हामीले पोखराका व्यवसायी, किसान, तथा अन्य समुदायका मानिसहरूलाई वित्तीय जोखिमबाट सुरक्षित राख्न मद्दत गर्नेछौं ।”

त्यस्तै, कम्पनकिा उप–प्रमुख कार्यकारी अधिकृत विश्वजन थापा श्रेष्ठले पनि नयाँ उप–शाखाले ग्राहकहरूको आवश्यकतालाई समयमै सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

कम्पनीले न्यून आय भएका तथा सीमान्तकृत समुदायका लागि सुलभ र प्रभावकारी लघु बीमा सेवा प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि सेवा विस्तार र गुणस्तर अभिवृद्धि गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS