IME Life New

पुससम्म लघु निर्जीवन बीमकको व्यापार सवा ४२ करोड, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्म लघु निर्जीवन बीमकले करिब सवा ४२ करोड रुपैयाँको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ४ लघु निर्जीवन बीमकले १ लाख ६८ हजार ४७१ वटा बीमालेख जारी गर्दै ४२ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

Esewa
Crest

सर्वाधिक व्यापार गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा ४९ हजार ३८४ वटा बीमालेख जारी गर्दै १२ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

दोस्रो धेरै व्यापार गर्ने लघु निर्जीवन बीमकमा प्रोटेक्टिभ माइक्रो रहेको छ। यो कम्पनीले ३९ हजार १०९ वटा बीमालेख जारी गर्दै १० करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी स्टार माइक्रोले ४४ हजार ६८३ वटा बीमालेख जारी गर्दै ९ करोड ८२ लाख रुपैयाँ र ट्रस्ट माइक्रोले ३५ हजार २९५ वटा बीमालेख जारी गरेर ९ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS