IME Life New

पुँजी बजार ढुङ्गे युग तर्फ उन्मुख हुँदै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

भारित औसत विधिबाट पुँजीगत लाभकर निर्धारण गर्न लगानीकर्ता आफैले आफ्नो लागत स्वत: घोषणा गर्नु पर्ने र सो को लागि लगानीकर्ताहरुले उपलब्ध फारममा आवश्यक विवरण भरेर हस्ताक्षर र ल्याप्चे सहित ब्रोकर कार्यालयमा सो विवरण दिनु पर्ने व्यवस्था आए संगै दोश्रो बजार ढुङ्गे युगमा प्रवेश गर्दै छ भन्ने बहस सुरु हुन थालिसकेको छ । लगानीकर्ताहरुले यदि आफ्नो लागत स्व:घोषणा नगरेमा अंकित मुल्यबाट नै पुँजीगत लाभकर गणना गरिने छ ।

गत वर्ष अंकित मुल्यकै आधारमा पुँजीगत लाभकर गणना गर्ने निर्णय संगै लगानीकर्ताहरु आन्दोलित भएका थिए । भारित औसत विधिबाट लाभकर निर्धारण गर्ने सहमती संगै आन्दोलन रोकिएको थियो ।

Crest

अध्ययन र रोजगारीको सिलसिलामा थुप्रै लगानीकर्ताहरु विदेशमा छन । विदेशबाटपनि शेयर कारोवार हुँदै आएको छ । अनलाइन कारोवार प्रणाली पछि त देशका दुरदराज देखि विदेशबाट शेयर कारोवार गर्ने लगानीकर्ताहरुको संख्यापनि वृद्धि हुँदै थियो । यस्तो अवस्थामा शेयर बिक्री गरे पस्चात ब्रोकर कार्यलय धाउनु पर्ने र शेयर कारोवार सहज नहुने अवस्था आए पछि ब्रोकर शाखा भन्दा पर रहेका लगानीकर्तालाई निकै अप्ठेरो पर्ने देखिन्छ।  ब्रोकर कार्यलय भन्दा अलिक पर भएका लगानीकर्ताहरुलाई शेयर बजारमा लगानी नगर्न अप्रत्यक्ष रुपमा वातावरण सिर्जना भएको छ।

“सीडीएस एण्ड क्लियरिड” सँग कागजी शेयर कारोवारको तथ्यांक नहुन सक्छ तर नेपाली जनताले नेपाल स्टक एक्सेन्ज बाट नै आज सम्म शेयर कारोवार गरेकोमा शेयर बजारका सम्पुर्ण निकायहरुले एक आपसमा समन्वय गरि स्वत: प्रणालीबाट औसत लागत निकाल्नु पर्नेमा लगानीकर्ताले आफ़ैले ब्रोकर कार्यालय नै गएर स्व:घोषण गर्नु, कागजमा औठा चाप लगाउन लाउनु कत्तिको सान्दर्भिक ?

नेप्सेले पुर्ण स्वचालित अनलाईन कारोवार प्रणाली दावी गर्दै गर्दा अहिले सिर्जना भएको अवस्थाले नेपालको शेयर कारोवार प्रणाली आफैमा  मजाक बन्दै गएको देखिन्छ ।

नेप्से, ब्रोकर र सीडीएस एण्ड क्लियरिडले एउटा प्रणाली विकास गरि  प्रणालीले नै लाभकर निर्धारण गर्ने व्यवस्था गर्नु पर्ने ठाउँमा सिधै लगानीकर्तालाई स्व:घोषणा गर्न लगाउनुले सम्बधित निकाय संग लगानीकर्ताको शेयर खरिद बिक्रीको सरल तथा सहज तथ्यांक छैन भन्ने कुरो प्रस्ट देखाउँछ । “डाटा बेस” बलियो छैन की भन्ने गफ पनि चिया पसल तिर सुनिन थालेका छन्।

लगानीकर्ताहरुको सबै भन्दा नजिकको साथी स्टक ब्रोकरहरुले पनि यो कदममा मौन सहमती जनाएका छन् । समयमै भारित औसत घोषणा गर्न र केही कारण बस फारम नबुझाएमा अंकित मुल्यमा लाभकर निर्धारण हुने र सोबाट लगानीकर्तालाई हुने हानी-नोक्सानीको जिम्मा लगानीकर्ताहरुले आफै लिनु पर्ने ठाडो भाषा प्रयोग गरि सामाजिक सन्जालमा पोस्टहरु शेयर गरिएको पाईएको छ। “भ्याट” प्रकरणमा कारोबार बन्द गरेका ब्रोकर कम्पनीहरुले लगानीकर्तालाई सोझै मार पर्ने यो कदमलाई स्वागत गर्नुले लगानीकर्ताहरुलाई निराश बनाएको छ।

त्यस्तै नेप्से र धितोपत्र बोर्डबाट पनि यस कदम प्रति  मौन समर्थन आएको छ । अभिभावक बाट यस प्रकारको मौन सहमति आउँदा लगानीकर्ताहरुको मनोबल निकै घटेको छ।  “हाम्रो लागि को ? ” भन्दै  केही लगानीकर्ताहरु निराश छन्। लगानीकर्ताको हक हित संरक्षण गर्ने कसले भन्ने प्रश्नको जन्म भएको छ !

संसार दिन प्रतिदिन प्रविधीमैत्री हुँदै छ । धेरै जस्ता कामहरु कम्पुटरको क्लिकमा हुँदै छन् तर दु:खको कुरो हाम्रो शेयर बजार भने कागजी युगमा पुग्दै छ । विदेशका बजारहरु आधुनिक प्रविधि तर्फ उन्मुख हुँदा नेपाली शेयर बजारलाई भने यसरी ध्वस्त पार्ने खेल हुँदै आएको छ।  राज्य पक्षले बेला बेलामा  यसरी नयाँ नयाँ खेल खेल्दै पुँजी बजारको विकासलाई ब्रेक लगाउँदै आएको छ।  विज्ञ अर्थमन्त्री भएको देशमा यसरी पुँजी बजारलाई चौथर्फी आक्रमण हुन नहुने हो तर दुखको कुरा भैरहेको छ।

आज निर्णय लिने भोली फिर्ता गर्ने चलन  चलेको वर्तमान अवस्थामा अहिलेको असान्दर्भिक निर्णय पनि लगानीकर्ताको विरोध संगै फिर्ता हुने विस्लेषण हुन थालिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS